मेरिङदेन गाउँपालिकाले दियो दुई दिन स्थानीय बिदा 



ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । पूर्वकै दोस्रो ठूलो ऐतिहासिक मेला ‘५१औं पुषे मेला २०८१’ को अवसरमा पालिकाले पुष ३ र ४ गते दुई दिन स्थानीय बिदा दिएको हो ।

पालिकाले एक सूचना जारी गर्दै उक्त मेलाको अवसरमा गाउँपालिकाको मातहतका सरकारी कार्यालयहरू, सामुदायिक विद्यालयहरू एवं सङ्घसंस्था (आकस्मिक सेवा बाहेक) मा दुई दिन बिदा दिने निर्णय गरिएको जानकारी दिएको छ ।

मेरिङ्देन गाउँपालिका वडा नं. ३ खाम्लुङ र आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ चाँगेको सँगम स्थल जिल्लाको दोस्रो ठूलो बजार दोभान बजारमा पुष १ गते देखि ५ गते सम्म मेला लाग्ने भएको छ ।

२०३१ सालदेखि लाग्दै आएको उक्त ऐतिहासिक मेलामा कृषि तथा पर्यटन प्रबर्द्धन साथै विविध खेलकुद तथा बृहत् सांस्कृतिक कार्यक्रम समेत सञ्चालन हुने भएको छ। 

विज्ञप्ती

प्रकाशित मिति : 4:54 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा