लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम सम्पन्न




रेडियो काबेली
ताप्लेजुङ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आईतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फुङलिङ नगरपालिकाको आयोजनामा मनाई रहेको अभियान अन्तरगत अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) को साझेदारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

केहि महिलाहरुमा हिंसामा परे, केहि गर्न सँकिन भन्ने सोचाई हुने गरेको देखिएकाले महिलाहरुलाई हौसला एवं उत्प्रेरणा दिनको लागि जिल्लाका विभिन्न संघ संस्थामा कार्यरत एवं नेतृत्व गरिरहनु भएका महिलाहरुको संघर्ष र त्यसपछिको सफलताको कथालाई उजागर गर्ने उद्धेश्यले कार्यक्रम गरिएको ईन्सेक जिल्ला प्रतिनीधि एलिना दियालीले जानकारी दिनुभयो ।


उहाँका अनुसार कार्यक्रममा फुङलिङ नगरपालिका उप–प्रमुख भिमादेवी ओझा, सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्का, नापी कार्यालय ताप्लेजुङकी नापी अधिकृत रजिता श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघ महिला समिती अध्यक्ष विष्णु श्रेष्ठ, तमोर महिला कृषि सहकारी संस्थाकी अध्यक्ष निता सिवा, सिटिजन लाईफ ईन्सुरेन्स ताप्लेजुङ शाखा प्रमुख शर्मिला खतिवडा र फुङलिङ नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सिता गुरुङको सहभागिता रहेको थियो ।


हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० तारिख सम्म अन्तराष्ट्रिय रुपमा मनाईने यो अभियान यस वर्ष “हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि प्रतिवद्धता” भन्ने राष्ट्रिय नाराका साथ मनाईदैँछ ।

प्रकाशित मिति : 8:28 pm

रेडियो काबेलीका स्टेसन मेनेजर लङ्वालाई टीकाराम गौतम स्मृति पत्रकारिता पुरस्कार प्रदान

सौगात बिष्टताप्लेजुङ, बैशाख ९ गते । रेडियो काबेलीका स्टेसन मेनेजर

प्रसिद्ध तीर्थस्थल पाथीभरामा पुनः हिमपात

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा

रिफाइन गरियो पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी

ताप्लेजुङ, चैत २६ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुनचाँदी प्रशोधन

ताप्लेजुङको आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा

ताप्लेजुङमा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुरु

ताप्लेजुङ, चैत २६ गते । ताप्लेजुङमा कोशी प्रदेश स्तरीय छैटौँ