नाल्बुको पान्दोलुङ माबिमा तुम्बाहाङ्फे परिवारबाट १० लाखको अक्षयकोष स्थापना, सञ्चालनमा आयो कक्षा ११ 



ताप्लेजुङ । मेरिङदेन गाउँपालिका ६ नाल्बुको पान्दोलुङ माध्यमिक विद्यालयमा कक्षा ११ तथा १२ को कक्षा सञ्चालनको सहयोगका लागि अक्षयकोष स्थापना गरिएको छ । आफ्ना स्वर्गीय बुवा पहलमान तुम्बाहाङ्फे र स्वर्गीय आमा जयरानी तुम्बाहाङ्फेको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । 

स्वर्गीय बुवाआमाको स्मृतिमा छोराहरू डम्बर बहादुर तुम्बाहाङ्फे, नरेन्द्र कुमार तुम्बाहाङ्फे, यमसोजङ तुम्बाहाङ्फे, डम्बरध्वोज तुम्बाहाङ्फे, पुर्णप्रसाद तुम्बाहाङ्फे, चैतन्य तुम्बाहाङ्फे र नाति एवम् नाल्बुका वडाध्यक्ष मनोज तुम्बाहाङ्फेले संयुक्त रुपमा अक्षयकोष स्थापना गर्नु भएको विद्यालयले जनाएको छ । 

यस्तै उक्त विद्यालयमा कक्षा ११ को पढाई सुरु हुने भएको छ । शुक्रबार संविधानसभाका सदस्य डम्बरध्वोज तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा कक्षा ११ को समुद्घाटन गरिएसँगै पढाई सुरु हुने भएको हो । पान्दोलुङमै कक्षा ११ तथा १२ को पढाई सुरु भएसँगै सोही विद्यालय तथा आसपासका वडामा अध्ययनरत विद्यार्थीहरूले अन्यत्रै गएर अध्ययन गर्नुपर्ने बाध्यता हटेको छ । यसअघि एसईई उत्तीर्ण गरेका सो क्षेत्रका विद्यार्थीहरू सदरमुकाम लगायतका क्षेत्रमा आएर अध्ययन गरिरहेका छन् ।

यस वर्ष कक्षा ११ र आगामी आर्थिक वर्षदेखि कक्षा १२ को पढाई सुरु गरिने विद्यालयले जनाएको छ । कार्यक्रममा संविधानसभाका सदस्य तुम्बाहाङ्फे, मेरिङदेन गाउँपालिका उपाध्यक्ष दुर्गा प्रसाद सिरेङ चङवाङ, सामाजिक विकास समिति संयोजक तथा २ नं। वडाध्यक्ष तेज कुमार चङबाङ, शिक्षा शाखा प्रमुख हरि बहादुर कुवर, नाल्बुका वडाध्यक्ष तुम्बाहाङ्फे, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष देवेन्द्र तुम्बाहाङ्फे, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 8:06 pm

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी

सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व

माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान

ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान