कञ्चनजंघा (सेसेलुङ) गोल्ड कपको उपाधि सुनसरीको गोधूलीलाई



साहारा लिम्बू लङ्वा

ताप्लेजुङ । दोश्रो अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजंघा (सेसेलुङ) गोल्ड कपको उपाधि सुनसरीको गोधूली फुटबल क्लबले हात पारेको छ । आज भएको फाइनल खेलमा इलामको रेड डेभिल्स मजोमाईलाई ४-१ गोल अन्तरको फराकिलो जित हासिल गर्दै गोधूलीले उपाधि आफ्नो पोल्टामा पारेको हो । 

इलामले सेमिफाइनलमा झापाको न्यु स्टार क्लबलाई ट्राइबेकरमा ४–३ गोलले र सुनसरीले तेह्रथुमको सम्दु फुटबल क्लबलाई ट्राईबेकरमै ४–२ गोलअन्तरले पछि पार्दै फाइनलको यात्रा तय गरेका थिए । 

लिम्बू समुदायको महान पर्व चासोक तङनामको अवसरमा आयोजित प्रतियोगिताको विजेता टिम गोधूलीले नगद ३ लाख २ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता इलामले भने, नगद १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्रमा चित्त बुझाउनु परेको छ । 

गत मंसिर १५ गतेबाट सुरु भएको प्रतियोगितामा भारतको एक सहित ८ टिमले सहभागिता जनाएका थिए । गत वर्ष सम्पन्न प्रथम संस्करणको कञ्चनजंघा ९सेसेलुङ० गोल्ड कपको उपाधि चक्रघट्टी फुटबल क्लब सुनसरीले हात पारेको थियो । 

प्रकाशित मिति : 5:23 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका