चासोक तङ्नाममा फुङलिङ नगरपालिकाले दियो स्थानीय बिदा 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाम (न्वाँगी पर्व) को अवसरमा स्थानीय बिदा दिएको छ । आज एक सूचना जारी गर्दै चासोक तङ्नामको अवसरमा शुक्रबार एक दिन स्थानीय बिदा दिएको जानकारी गराएको हो । 

प्रकाशित सूचनामा चासोक तङ्नाम पर्व मनाउन शुक्रबार स्थानीय बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ । यस्तै नगरपालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था साथै शिक्षण संस्था बन्द रहने सूचनामा जनाइएको छ । 

चासोक तङनाको अवसरमा अवसरमा चासोक तङ्नाम सञ्चालन समिति, ङावोरक सङजुम्भो फुङलेङ र कञ्चनजंघा फुङलिङ क्लबको संयुक्त रुपमा (सेसेलुङ) गोल्डकप सँगै सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप भने, गत मङ्सिर १५ गतेदेखि नै सञ्चालन भइरहेको छ । खेलको फाइन शनिबार हुने छ । साथै शुक्रबार सांस्कृतिक लगायतका कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । 

कार्यक्रममा राष्ट्रिय कलाकार, शान्ति श्री परियार, झुमा लिम्बू, माल्भिका सुब्बा साथै स्थानीय कलाकारको प्रस्तुति रहने छ । 

प्रकाशित मिति : 6:47 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका