कञ्चनजंघा (सेसेलुङ) गोल्ड कप : झापालाई हराउँदै इलाम फाइनलमा प्रवेश



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । इलामको रेड डेभिल्स मजोमाइ ताप्लेजुङको फुङलिङमा जारी कञ्चनजंघा (सेसेलुङ) गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।  आज भएको दोस्रो सेमिफाइनल खेलमा झापाको न्यु स्टार क्लब बिर्तामोडलाई ट्राइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा गोलरहित बराबरी भए पछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । अब यो सँगै अब फाइनलमा इलाम र धरान बिच प्रतिस्पर्धा हुने भएको छ । सुनसरीको गोधूली फुटबल क्लब धरानले हिजो सम्पन्न भएको पहिलो सेमिफाइनल खेलबाट तेह्रथुमको सम्दु फुटबल क्लबलाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । 

निर्धारित समयमा दुवैटीमले ४–४ गोलको बराबरी खेलेसँगै खेलको नतिजा ट्राइबेकर मार्फत प्राप्त भएको थियो । फाइनल खेल मंसिर २२ गते शनिबार हुने छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश नगद ३ लाख २ हजार ८१ रुपैयाँ र १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । 

चासोक तङनाम सञ्चालन समिति, ङावोरक सङजुम्भो फुङलेङ र कञ्चनजंघा फुङलिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रकाशित मिति : 5:23 pm

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो