कञ्चनजंघा (सेसेलुङ) गोल्डकप : पाँचथरलाई हराउँदै झापा सेमिफाइनमा 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । बिर्तामोड झापाको न्यु स्टार क्लब ताप्लेजुङको फुङलिङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिको सेमिफाइनमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटर फाइनल खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा प्रवेश गरेको छ । यो सँगै सेमिफाइनल खेलको समीकरण पुरा भएको छ । 

अब झापाले सेमिफाइनल खेलमा इलामको रेड डेभिल्स मजोमाईसँग भिड्ने भएको छ । इलामले मोरङको डाँगीहाट फुटबल क्लब बेलबारीलाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । हिजो सम्पन्न तेश्रो क्वार्टरफाईनलको खेलमा सुनसरीको गोधुली फुटबल क्बल धरान सेमिफाइनलमा प्रवेश गरेको छ । 

भारतको कञ्चनजंघा फुटबल क्लब सिलिगुढीलाई २–० गोलअन्तरले पराजित गर्दै सुनसरी सेमिफाइनलमा पुग्ने तेश्रो टीम बनेको हो । सुनसरीले भोलि हुने सेमिफाइनलको पहिलो खेलमा सम्दु फुटबल क्लब तेह्रथुमसँग प्रतिष्पर्धा गर्दैछ । उद्‌घाटन खेलमा आयोजक कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङलाई पाखा लगाउँदै तेह्रथुमले सेमिफाइनलको यात्रा तय गरेको थियो । 

दुवै टीमले निर्धारित समयमा २–२ गोलको बराबरी खेलेसँगै खेलको नतिजा ट्राइबेकरमार्फत लिइएको हो । ट्राइबेकरमा १०–९ गोलअन्तरले पराजित गर्दै तेह्रथुम सेमिफाइनल प्रवेश गर्ने पहिलो टीम बनेको थियो । प्रतियोगिताको विजेताले नगद ३ लाख ५२ हजार ८१ रुपैयाँ र उपविजेताले १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । 

हरेक दिनको खेलमा म्यान अफ दि म्याच बन्ने खेलाडी र खेल अवधि भरि विभिन्न विधामा उत्कृष्ट बन्नेलाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ । चासोक तङनामको अवसरमा शनिबारबाट सुरु भएको प्रतियोगिता आगामी मंसिर २२ गतेसम्म जारी रहने छ । चासोक तङनाम सञ्चालन समिति, ङावोरक सङजुम्भो फुङलेङ र कञ्चनजंघा फुङलिङ क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलवार १७:५७

कञ्चनजङ्घा आउने पर्यटक बढे, २७ लाख राजस्व असुली

ताप्लेजुङ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा

सहकारी विद्युत प्राधिकरणलाई हस्तान्तरण नगरे महशुल नतिर्ने

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले फूलबारी विद्युत सहकारी संस्था

कञ्चनजङ्घा जाने बाटोको झोलुङ्गे पुल बाढीले बगायो

ताप्लेजुङ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमशृङ्खला कञ्चनजङ्घा

ताप्लेजुङमा ३९.६३ प्रतिशत धान रोपाइँ

ताप्लेजुङ । ताप्लेजुङमा ३९.६३ प्रतिशत रोपाइँ भएको छ । यो

आन्छन साहित्यिक पुरस्कारबाट हर्क यक्सो सम्मानित

ताप्लेजुङ । चन्द्र मादेन ‘आन्छन’ साहित्यिक पुरस्कारबाट ताप्लेजुङका दयाशील साहित्यिक