तमोर महिला कृषि सहकारीद्धारा बिरामीलाई खानेकुरा वितरण




रेडियो काबेली
ताप्लेजुङ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रबार जिल्ला अस्पताल ताप्लेजुङका बिरामीलाई खानेकुरा वितरण गरिएको छ । फुङलिङ नगरपालिकाको आयोजनामा मनाई रहेको अभियान अन्तरगत तमोर महिला कृषि सहकारीले जिल्ला अस्पताल ताप्लेजुङका सुत्केरी तथा बिरामीहरुलाई अण्डा, दुध र विस्कुट वितरण गरिएको सहकारीकी अध्यक्ष निता सिवाले जानकारी दिनुभयो ।

उहाँका अुनसार बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित खानेकरा वितरण गरिएको हो । हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० तारिख सम्म अन्तराष्ट्रिय रुपमा मनाईने यो अभियान यस वर्ष “हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि प्रतिवद्धता” भन्ने राष्ट्रिय नाराका साथ मनाईदैँछ ।

यस अभियान अन्तरगत फुङलिङ नगरपालिकाले जनचेतनामुलक नाटक, अन्तरक्रिया, होर्डिङ बोर्ड, फलफुल वितरण, वक्तृत्वकला कार्यक्रम लगायत गर्ने जनाएको छ । जस अन्तरगत नगर उप–प्रमुख एव मुल आयोजक समिती संयोजक भिमादेवी ओझाका अुनसार शनिबार बिहान ७ः३० बजे तोक्मेडाँडामा लैङ्गीक हिंसा बिरुद्ध जनचेतना जगाउने नाटक प्रर्दशन हुनेछ

प्रकाशित मिति : 9:55 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका