लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत नगरसफाई




रेडियो काबेली
ताप्लेजुङ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत बुधबार नगरसफाई गरिएको छ । फुङलिङ नगरपालिकाको आयोजनामा जिल्लाको सदरमुकाम समेत रहेको फुङलिङ बजारस्थित शनिबारे हाट, तोक्मेबजार र बसपार्क क्षेत्र सरसफाई गरिएको हो । नगर क्षेत्रलाई सुन्दर र सफा बनाउने उद्धेश्यले सरसफाई कार्यक्रम गरिएको नगर उप–प्रमुख भिमादेवी ओझाले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरेन्द्र प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख एव प्रहरी नायब उपरिक्षक रवि रावल सहित नेपाल प्रहरीको टोली, शशस्त्र प्रहरी बल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्मका गुल्मपति नेरश महर्जन सहित शशस्त्र प्रहरीको टोली र स्थानीयको सहभागिता रहेको थियो ।

हरेक वर्ष नोभेम्बर २५ देखी डिसेम्बर १० तारिख सम्म अन्तराष्ट्रिय रुपमा मनाईने यो अभियान यस वर्ष “हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि प्रतिवद्धता” भन्ने राष्ट्रिय नाराका साथ मनाईदैँछ । यस अभियान अन्तरगत फुङलिङ नगरपालिकाले जनचेतनामुलक नाटक, अन्तरक्रिया, होर्डिङ बोर्ड, फलफुल वितरण, वक्तृत्वकला कार्यक्रम लगायत गर्ने जनाएको छ ।

प्रकाशित मिति : 9:28 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा