विभिन्न कार्यक्रमका साथ श्री साङक देछ्योलिङ गोन्पा बिद्यालयले मनायो वार्षिक उत्सव



ताप्लेजुङ । श्री साङक देछ्योलिङ गोन्पा बिद्यालयले वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । बिद्यालयले ११ औँ वार्षिक उत्सवको अवसरमा ३ दिने कार्यक्रम गरि वार्षिक उत्सव मनाएको हो ।

बिद्यालयले फुङलिङ नगरपालिका भित्र रहेका माद्यमिक बिद्यालयहरुबीच हाजिरी जवाफ, बक्तृत्वकला प्रतियोगिता, अण्डर सिक्सटिन महिला फुटबल लगायतका कार्यक्रमहरु सञ्चालन गरेको प्रध्यानाध्यापक पासाङ रिता शेर्पाले जानकारी दिनुभयो ।

अण्डर सिक्सटिन महिला फुटबल प्रतियोगिता
फुङलिङ नगरपालिका भित्रका अन्तर माद्यमिक बिद्यालय स्तरीय अण्डर सिक्सटिन महिला फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । खेल जिल्ला फुटबल संघ ताप्लेजुङको प्राबिधिक सहयोगमा सम्पन्न भएकोे छ । फाईनल खेलमा आयोजक बिद्यालयलाई २–० गोलअन्तरले पराजित गर्दै विरेन्द्र माद्यमिक बिद्यालय देउलिङगेले उपाधि हात पारेको छ । बिजेता र उपबिजेतालाई क्रमश २५ हजार र १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको प्रध्यानाध्यापक शेर्पाले जानकारी दिनुभयो । गत वर्षको वार्षिक उत्सवमा पुरुष तर्फको फुटबल सञ्चालन गरिएको र यस वर्ष महिला तर्फको प्रतियोगिता सञ्चालन गरिएका बिद्यालयले जनाएको छ ।

आधारभुत तह हाजिरी जवाफ प्रतियोगिता
आधारभुत तह हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत भानुजन माद्यमिक बिद्यालय प्रथम, हाङदेवा पाथीभरा क्यु लनिङ दोश्रो र मेची सेन्ट मेरिच ईङिलस बोर्डिङ स्कुल तेश्रो भएका छन् । १२ ओटा बिद्यालयको सहभागीत रहेको प्रतियोगिताका प्रथमलाई १२ हजार द्धितियलाई ६ हजार र तृतियलाई ३ हजार रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिएको प्रध्यानाध्यापक शेर्पाको भनाई छ ।

अन्तर माबि स्तरीय बक्तृत्वकला प्रतियोगिता
वार्षिक उत्सवकै अवसरमा बिद्यालयले अन्तर माबि स्तरीय बक्तृत्वकला प्रतियोगिता समेत सञ्चालन गरेको छ । प्रतियागिताको भानुजन मावि प्रथम, साङक देछ्योलिङ गोन्पा बिद्यालय दोश्रो र मयाम मावि फुरुम्बुका बिद्यार्थी तेश्रो भएका छन् । प्रथम हुनेलाई ६ हजार, द्धितिय हुनेलाई ४ हजार र तृतिय हुने बिद्यार्थीले २ हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

साथै अभिभावकबीच डोरी तान्ने, सटफुट, कर्मचारी र आयोजकबीच मैत्रीपुर्ण फुटबल, निजी र सामुदायिक बिद्यालयबीचको शिक्षकहरुको डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु गरिएको बिद्यालयले जनाएको छ । गत मंसिर ६ गतेबाट सुरु भएको कार्यक्रम मंसिर ९ गते समापन भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आईतवार १८:३८

विभिन्न कार्यक्रमका साथ श्री साङक देछ्योलिङ गोन्पा बिद्यालयले मनायो वार्षिक उत्सव

ताप्लेजुङ । श्री साङक देछ्योलिङ गोन्पा बिद्यालयले वार्षिक उत्सवको अवसरमा

साङक देछ्योलिङको ११ औँ वार्षिकोत्सवः फुटबल अन्तरगत सेमिफाईन चरणका खेल पुरा

रेडियो काबेलीताप्लेजुङ । फुङलिङ नगरपालिकाको सुकेटारमा अवस्थित श्री साङक देछ्योलिङ

साङक देछ्योलिङको ११ ओैं वार्षिकोत्सव : हाजिरी जवाफमा भानुजन मावि प्रथम

रेडियो काबेलीताप्लेजुङ । फुङलिङ नगरपालिकाको सुकेटारमा अवस्थित श्री साङक देछ्योलिङ

फुङ्फुङ्गे झरना पर्यटन महोत्वसब सुरु, पालिकाद्धारा २ दिन विदा

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिकामा शुक्रबारबाट फुङफुङ्गे झरना पर्यटन

कालिका माविमा प्रयोगात्मक शिक्षा अन्तरगत विभिन्न सिपमुलक कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका वडा नं. १