साङक देछ्योलिङको ११ औँ वार्षिकोत्सवः फुटबल अन्तरगत सेमिफाईन चरणका खेल पुरा




रेडियो काबेली
ताप्लेजुङ । फुङलिङ नगरपालिकाको सुकेटारमा अवस्थित श्री साङक देछ्योलिङ गोन्पा विद्यालयको ११ ओैं वार्षिकोत्सव कार्यक्रम अन्तरगत भईरहेको १६ वर्ष मुनिको फुटबल प्रतियोगितमा सेमिफाईनल चरणका खेलहरु पुरा भएको छ । विद्यालयका प्रधानाध्यापक पासाङ रिता शेर्पाका अनुसार शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा पाथीभरा क्यु लर्निङ विद्यालय हाङदेवा र आयोजक श्री साङक देछ्योलिङ गोन्पा विद्यालय बिच भएको थियो ।

निर्धारित समयमा दुबै टिमबाट कुनै गोल नभएपछि खेल ट्राईबेकरतर्फ धकेलिएको थियो । ट्राईबेकरमा पाथीभरा क्यु लर्निङलाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक गोन्पा विद्यालय फाईनलमा पुगेको छ । त्यस्तै शुक्रबारनै भएको दोस्रो खेलमा मयाम मावि र बिरेन्द्र मावि बिच प्रतिस्पर्धा भएको थियो ।

उक्त खेलमा मयाम माविलाई १–० गोल अन्तरले पराजित गर्दै बिरेन्द्र मावि देवलिङ्गे फाईलनमा पुगेको छ । शनिबार श्री साङक देछ्योलिङ गोन्पा विद्यालय र बिरेन्द्र मावि देवलिङ्गे बिच फाईनल खेल दिउँसो २ बजे हुने विद्यालयले जनाएको छ । प्रतियोगिताको विजेताले नगद २५ हजार साथै उपविजेता हुने टिमले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार २१:५४

सुनको मूल्य २ लाख ५ हजार नाघ्यो 

ताप्लेजुङ, भदौ १६ गते । सोमबार सुनको मूल्य थप बढेको

सिनाम पावर हाउसको स्काभेटर र टिप्पर काबेली खोलाले बगायो 

ताप्लेजुङ, भदौ १६ गते । ताप्लेजुङको सिरिङ्घा गाउँपालिका–१ सिनाम स्थित

ताप्लेजुङ, कञ्चनपुर र कास्कीमा ठूलो वर्षा

ताप्लेजुङ, भदौ १६ गते । गएराति कञ्चनपुर, कास्की र ताप्लेजुङमा

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

ताप्लेजुङ, भदौ १६ गते । इजरायलको हवाई आक्रमणमा यमनमा हुथी

डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

ताप्लेजुङ, भदौ १६ गते । नेपाल आयल निगमले डिजल, मट्टीतेल