कालिका माविमा प्रयोगात्मक शिक्षा अन्तरगत विभिन्न सिपमुलक कार्यक्रम सुरु




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका वडा नं. १ नाङ्खोल्याङको कालिका माध्यमिक विद्यालयमा विभिन्न सिपमुलक कार्यक्रम सुरु भएको छ । शुक्रबारबाट व्युटिपार्लर, हाउस वेयरीङ, सिलाईकटाई र कम्प्युटर सम्बन्धी आधारभुत तालिम शुरु भएको हो । गाउँपालिकाको ५ लाख बजेटमा सुरु भएको उक्त कार्यक्रम कालिका माविको आयोजना सुरु भएको हो भने उक्त कार्यक्रमको सहजिकरण घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले गर्नेछ ।

सो कार्यक्रम अन्तरगत बिधार्थीको रोजाई अनुसार तालिम प्रदान गरिनेछ भने तालिममा कक्षा ६ देखी कक्षा १२ सम्मका विधार्थीहरुले सहभागिता जनाउने छन् । शुक्रबारलाई किताब बिहिन “बुक फि«” बनाई प्रयोगात्मक र जिवन उपयोगी शिक्षालाई जोड दिने उद्धेश्यका साथ उक्त कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ ।


पालिका अध्यक्ष केशर कुमार सुब्बाले भन्नुभयो,“ गाउँ घरमा विद्युत सम्बन्धी कुनैपनि समस्या हुँदा प्राविधिक पाउन गाह्रो छ । टाढाबाट बोलाउदा स्थानीयले लागत धेरै व्यहोर्नु परेको छ । तालिम पछि कम्तीमा पनि आफ्नो घरको समस्या समाधान गर्ने, साथै व्युटिपार्लर सिकेका विधार्थीले विद्यालय विदाको समयमा गाउँकै दिदी बहिनीहरुलाई सेवा प्रदान गरि आफ्नो खर्च बनाउन सक्छन भन्ने अपेक्षा गाउँपालिकाले लिएको छ । कम्तीमा पनि एसर्ईई सकेर यस्ता खालका कार्यक्रमले अन्यत्र पलायन हुने भन्दा पनि गाउँमा नै जिवीकोपार्जन गर्न सहयोग पुग्छ भन्ने सोचेका छौँ ।” यो कार्यक्रम प्रभावकारी भए अन्य क्षेत्रमा समेत यसलाई विस्तार गर्दै लैजाने पालिका अध्यक्ष सुब्बाको भनाई रहेको छ ।

उक्त कार्यक्रमले पढेर देशमा केहि छैन विदेश जानुपर्छ भन्ने अहिलेको निराशाबादी अवस्थालाई चिर्दै पढाई सँगै सिप सिकेर गाउँ मै स्वरोजगार बन्न उत्प्रेरित गर्ने घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो । उहाँका अुनसार उक्त तालिम हरेका साताको शुक्रबार÷शुक्रबार गरि २५ दिन सञ्चालन हुनेछ । शुक्रबार उद्धघाटन भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सुब्बा, विद्यालय व्यवस्थापन समिती अध्यक्ष पुण्य प्रसाद खतिवडा, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष, शिक्षक, बिधार्थीहरु र अभिभावकको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : 8:26 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी