साङक देछ्योलिङ गोन्पा विद्यालयको ११ औँ वार्षिकोत्सवमा विविध कार्यक्रमहरु सुरु




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको फुङलिङनगरपालिका स्थित सुकेटारमा अवस्थित श्री साङ्क देछ्योलिङ गोन्पा विद्यालयको ११ औँ वार्षिकोत्सव कार्यक्रममा विविध कार्यक्रम सुरु भएका छन् । बिहिबारबाट सुरु भएको पहिलो कार्यक्रम अन्तरगत नगरपालिका भित्र रहेका माध्यमिक विद्यालयस्तरी १६ वर्ष मुनिको महिला फुटबल प्रतियोगिता भएको छ ।

प्रतियोगिताको पहिलो दिन भएको पहिलो खेलामा भानुजन माध्यमिक विद्यालयमाई २–० गोल अन्तरले पराजित गर्दै पाथिभरा क्युलर्निङ हाङदेवा विजयी भएको विद्यालयका प्रधानाध्यापक पासाङ रिता शेर्पाले जानकारी दिनुभयो । त्यस्तै दोस्रो खेलमा जनता मा.वि.हाङदेवा लाई १–० गोल अन्तरले पराजित गर्दै विरेन्द्र मा.वि. देवलिङ्गे बिजयी भएको छ ।


शुक्रबार (भोली) पहिलो खेल पाथिभरा क्युलर्निङ हाङदेवा र आयोजक विद्यालय श्री साङक देछ्योलिङ गोन्पा बिच खेल सञ्चालन हुनेछ भने मयाम मा.वि. र विरेन्द्र मा.वि देउलिङगे बिच खेल सञ्चालन हुनेछ । जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भई रहेको फुटबल प्रतियोगितामा नगरपालिका भित्रका ६ वटा टिमको सहभागिता रहेको छ ।


साथै भोलि नै आधारभूत तहस्तरीय हाजिरी जबाफ प्रतियोगिता बिहान १० बजेदेखि हुने विद्यालय व्यवस्थापन समिती अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा नगर उप–प्रमुख भिमा देवी ओझा, सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्का, फुङलिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकी अधिकृत प्रकाश पौडेल, जिल्ला खेलकुद विकास समिती ताप्लेजुङका अध्यक्ष गणेश मावो लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रकाशित मिति : 9:36 pm

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश