साङक देछ्योलिङ गोन्पा विद्यालयको ११ औँ वार्षिकोत्सवमा विविध कार्यक्रमहरु सुरु




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको फुङलिङनगरपालिका स्थित सुकेटारमा अवस्थित श्री साङ्क देछ्योलिङ गोन्पा विद्यालयको ११ औँ वार्षिकोत्सव कार्यक्रममा विविध कार्यक्रम सुरु भएका छन् । बिहिबारबाट सुरु भएको पहिलो कार्यक्रम अन्तरगत नगरपालिका भित्र रहेका माध्यमिक विद्यालयस्तरी १६ वर्ष मुनिको महिला फुटबल प्रतियोगिता भएको छ ।

प्रतियोगिताको पहिलो दिन भएको पहिलो खेलामा भानुजन माध्यमिक विद्यालयमाई २–० गोल अन्तरले पराजित गर्दै पाथिभरा क्युलर्निङ हाङदेवा विजयी भएको विद्यालयका प्रधानाध्यापक पासाङ रिता शेर्पाले जानकारी दिनुभयो । त्यस्तै दोस्रो खेलमा जनता मा.वि.हाङदेवा लाई १–० गोल अन्तरले पराजित गर्दै विरेन्द्र मा.वि. देवलिङ्गे बिजयी भएको छ ।


शुक्रबार (भोली) पहिलो खेल पाथिभरा क्युलर्निङ हाङदेवा र आयोजक विद्यालय श्री साङक देछ्योलिङ गोन्पा बिच खेल सञ्चालन हुनेछ भने मयाम मा.वि. र विरेन्द्र मा.वि देउलिङगे बिच खेल सञ्चालन हुनेछ । जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भई रहेको फुटबल प्रतियोगितामा नगरपालिका भित्रका ६ वटा टिमको सहभागिता रहेको छ ।


साथै भोलि नै आधारभूत तहस्तरीय हाजिरी जबाफ प्रतियोगिता बिहान १० बजेदेखि हुने विद्यालय व्यवस्थापन समिती अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । कार्यक्रममा नगर उप–प्रमुख भिमा देवी ओझा, सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्का, फुङलिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकी अधिकृत प्रकाश पौडेल, जिल्ला खेलकुद विकास समिती ताप्लेजुङका अध्यक्ष गणेश मावो लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

प्रकाशित मिति : 9:36 pm

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा