रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल



ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित गर्दै देशभर वडा तथा पालिका अधिबेशनलाई तीव्रता दिएको छ। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार २०८३ जेठ २ गतेदेखि सुरु भएको संगठन सुदृढीकरण अभियानअन्तर्गत ताप्लेजुङ जिल्लामा समेत अधिबेशनहरू निरन्तर सञ्चालन भइरहेका छन्। यसअघि रास्वपाले कविराज लिम्बुको नेतृत्वमा सिदिङ्वा गाउँपालिका र भवानीप्रसाद दाहालको नेतृत्वमा सिरिजङ्घा गाउँपालिकाको अधिबेशन सम्पन्न गरिसकेको छ। वडास्तरीय अधिबेशन सकिएसँगै पालिका अधिबेशनलाई निरन्तरता दिइएको र जिल्लाका विभिन्न स्थानीय तहमा अहिले अधिबेशनहरू धमाधम भइरहेको पार्टीले जनाएको छ।


यसैक्रममा जेठ १५ गते सदरमुकाम फुङलिङस्थित जानू ईन होटलको सभाहलमा सम्पन्न फुङलिङ नगरपालिकाको अधिबेशनले नयाँ नगर समिति सर्वसम्मत रूपमा चयन गरेको छ। अधिबेशनबाट युवराज बराल नगर सभापतिमा चयन भएका छन्। त्यसैगरी उपसभापतिमा कुमार लिम्बु लेछर्बो, सचिवमा मानबहादुर गुरुङ तथा सह–सचिवमा सौरभ इजम लिब्बु चयन भएका छन्। सदस्यहरूमा प्रेम घिमिरे, कुमारी दाहाल, कल्पना विक, यामकान्त पुरी, मिङमा शेर्पा, महेश भट्टराई र बलबहादुर श्रेष्ठ चयन भएका छन्।
फुङलिङ नगरपालिकामा २०८० जेठ ७ गते पार्टी कार्यालय स्थापना गरी तत्कालीन संयोजक राजन गुरुङ र सचिव युवराज बराललाई जिम्मेवारी दिइएको थियो। करिब तीन वर्षसम्म उक्त टोलीले संगठनलाई सक्रिय, व्यवस्थित र जनमुखी ढंगले अघि बढाएको भन्दै अधिबेशनले नेतृत्व हस्तान्तरणलाई संगठनात्मक निरन्तरताको सकारात्मक अभ्यासका रूपमा लिएको सहभागीहरूले बताएका छन्।
नगर समितिको विभागीय संरचना तथा कोषाध्यक्षको चयन भने आगामी कार्यपालिका बैठकमार्फत गरिने जिल्ला सभापति इ। वीरेन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार आगामी दुई दिनभित्र जिल्लाका सबै पालिकाको अधिबेशन सम्पन्न गरी जेठ २३ गते हुने जिल्ला अधिबेशनको तयारीलाई पूर्णता दिइनेछ। जिल्ला अधिबेशनमा पार्टीका सहप्रवक्ता तथा प्रतिनिधिसभा सदस्य रमेश प्रसाईं, प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पा, केन्द्रीय सदस्य, विभिन्न जिल्लाका सभापति तथा प्रदेश कमिटीका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ। अधिबेशनसँगै जिल्लाका समसामयिक विषय, विकास, सुशासन, युवा सहभागिता र जनआकाङ्क्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिने तयारी गरिएको छ।
जिल्ला सभापति इ। वीरेन्द्र श्रेष्ठले मुलुक राजनीतिक स्थिरता, सुशासन र विकासप्रतिको जनअपेक्षाको संवेदनशील मोडमा रहेको उल्लेख गर्दै लोकतान्त्रिक संस्कार, वैचारिक बहस र संगठनात्मक परिपक्वतामार्फत जनविश्वास मजबुत बनाउन पार्टी प्रतिबद्ध रहेको बताए।
उनले दुई तिहाइको वर्तमान सरकारप्रति जनतामा रहेको आशा र अपेक्षालाई सकारात्मक परिणाममा रूपान्तरण गर्न सबै राजनीतिक शक्ति जिम्मेवार हुनुपर्ने धारणा राख्दै जेठ २३ गते बिहान ११ बजे जानू ईन होटलमा आयोजना हुने जिल्ला अधिबेशनमा उपस्थित भई रचनात्मक सहभागिता जनाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन्।
रास्वपाले ताप्लेजुङमा संगठन विस्तारसँगै राजनीतिक संस्कार, युवा सहभागिता, पारदर्शिता र उत्तरदायी राजनीतिक अभ्यासलाई प्राथमिकतामा राख्दै वैकल्पिक राजनीतिक चेतनालाई संस्थागत गर्ने प्रयास गरिरहेको स्थानीय राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ।

प्रकाशित मिति : 8:10 pm

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित

शान्ति सुरक्षा थप सुदृढ बनाइने डिएसपी जोशीको भनाई

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख (डिएसपी)

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन

भलिबल प्रतियोगिताका विजेतालाई मेरिङदेनको सम्मान 

ताप्लेजुङ, जेठ १४ गते । मेरिङदेन गाउँपालिकाले बुद्धरानी अन्तरपालिका स्तरीय

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको १२ औं साधारण सभा सम्पन्न

ताप्लेजुङ, जेठ १२ गते । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको