रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो



ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले जिल्ला र पालिका स्तरमा र्‍यापिड एक्सन टिम (आरएटी) गठन गरेको छ । जिल्ला स्तरको आरएटी सभापतिमा टीका फुरुम्बो चयन हुनुभएको छ ।

उपसभापतिमा प्रताप गुरुङ र अमृता तामाङ, सचिवमा सागर गौतम तथा सहसचिवमा विपुल कार्की चयन हुनुभएको पार्टीका सचिव तथा प्रवक्ता लिलाराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार फुङलिङ नगर संयोजकमा प्रकाश विश्वकर्मा, सहसंयोजकमा सोनाम तबेबुङ लिम्बू र सचिवमा विज्ञान गुरुङ चयन हुनुभएको छ ।

पालिकातर्फ मैवाखोला गाउँपालिकाको संयोजकमा प्रेम लिम्बू, पाथीभरा याङवरकमा नवीन भट्टराई, मेरिङदेनमा समिर लिम्बू, फक्ताङलुङमा मदन शेर्पा र सिरिजङ्गामा सन्तोष मावो संयोजक तोकिनुभएको छ ।

रास्वपाका नेता तथा प्रतिनिधिसभा सदस्य लालविक्रम थापाको विशेष उपस्थितिमा आयोजित पार्टीका नेता तथा कार्यकर्ताको भेलाले आरएटी गठन गरेको हो । भेलामा जिल्ला सभापति राजन गुरुङसहित जिल्ला तथा पालिका तहका पदाधिकारी, पालिका सभापति र कार्यकर्ताको सहभागिता रहेको थियो ।

पार्टीले जिल्ला र स्थानीय तहमा संगठनात्मक गतिविधि सञ्चालन गर्न तथा तोकिएको जिम्मेवारीअनुसार काम गर्न आरएटी गठन गरेको जनाएको छ ।

प्रकाशित मिति : 6:17 am

फक्ताङलुङमा हिमाली बस्तीमै पुगेर पशु स्वास्थ्य सेवा

ताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले भौगोलिक रूपमा

रास्वपाले ताप्लेजुङमा एक्सन टिम गठन गर्‍यो

ताप्लेजुङ असोज २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

ताप्लेजुङ, असोज २७ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

पभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ, असोज २६ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई