अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम संचालन गर्न मैवाखोलामा साझा संस्था निर्माण




रेडियो काबेली
ताप्लेजुङ । मैवाखोला गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम संचालन गर्न पालिकास्तरीय साझा संस्था (ओपिडी) निर्माण भएको छ । आईतबार निर्माण भएको उक्त साझा संस्थाले देउ कुमार लिम्बुको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिती निर्माण गरेको पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।

समितीको उपाध्यक्षमा प्रमिला शेर्पा, सचिबमा डोलेश्वर निरौला, कोषाध्यक्षमा स्मिता लिम्बु, सह–सचिवमा अमर बहादुर तामाङ चयन हुनुभएको छ । त्यस्तै सदस्यमा टेकबहादुर विश्वकर्मा, सान्जिता कार्कीडोली, पेम्बा शेर्पा र भानुभक्त गौतम चयन हुनुभएको छ ।


पालिका अध्यक्ष वनेमका अनुसार उक्त समितिले विधान तयार गर्ने, विधान पारित गर्ने, संस्था दर्ता गर्ने र साधारण सभा बोलाउनेछ । साथै मैवाखोलामा अपाङ्गता भएका ब्यक्तिहरुको पहिचान र विश्लेषणको लागि आगामी मङ्सिर १२ देखि प्रत्येक वडाहरूमा चिकित्सकहरुको टोलीसहित सो सम्बन्धी शिविर सञ्चालन हुँदैछ ।

प्रकाशित मिति : 9:03 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा