मैवाखोलामा करेन्ट लाग्दा ७ वर्षीय बालिका घाइते 



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोलामा करेन्ट लागेर एक बालिका घाइते भएकी छिन् । मैवाखोला गाउँपालिका वडा नं. ३ साँघुमा विद्युत प्रवाह भइरहेको तार पोलबाट खसेर करेन्ट लागि ७ बर्षिया बालिका घाइते भएकी हुन् । 

 घाइते हुनेमा मैवाखोला गाउँपालिका वडा नं. ३ साँघुका साङ्गे शेर्पाकी ७ बर्षिया छोरी मङ्सीरी शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । विद्यालयबाट घर फर्कन्दै गरेको बेला शेर्पालाई पोलबाट झरेको विद्युतीय तारले लागेको थियो । उनी सरस्वती आधारभूत विद्यालय तुम्बेमा अध्ययनरत विद्यार्थी हुन् । 

घटनास्थलतर्फ प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालित भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : 7:30 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा