पाथीभरामा कात्तिक महिनामा ३७ लाख ४४ हजार बढि भेटी सङ्कलन 



ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले प्रसिद्ध तीर्थस्थल पाथीभरामा गत कात्तिकमा सङ्कलन भएको भेटी सार्वजनिक गरेको छ । हरेक महिनाको भेटी सार्वजनिक गर्ने कार्यतालिका अनुसार नै समितिले कात्तिक महिनाको भेटी तथा दान सङ्कलनको विवरण आइतबार सार्वजनिक गरेको हो । 

कात्तिक महिनामा मात्रै ३७ लाख ४४ हजार ७ सय ५० रुपैयाँको भेटी तथा दान सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । यस्तै कात्तिकमा पाथीभरा दर्शनका लागि विभिन्न स्थानबाट ६१ हजार बढी तीर्थयात्री आएका थिए । 

समितिका अनुसार  ६१ हजार १ सय ७३ जना भक्तजन पाथीभरा आएका हुन् । समितिले भेटी रकम सँगै तीर्थयात्रीको विवरण पनि माषिक रुपमा सार्वजनिक गर्दै आइरहेको छ । 

प्रकाशित मिति : २ मंसिर २०८१, आईतवार १८:५१

आज वास्तु दिवस एवम् विश्वकर्मा पूजा

ताप्लेजुङ, असोज १ गते । आज विश्वकर्माको पूजा आराधना गरी

आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने

ताप्लेजुङ, असोज १ गते । जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान

सुकेटार विमान स्थलमा दुई महिनादेखि उडान ठप्प

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब

ताप्लेजुङको पाथीभरामा झण्डै १० लाख भेटी सङ्कलन

ताप्लेजुङ, भदौ ३१ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा

ताप्लेजुङमा चार पार्टी कार्यालय तोडफोड हुँदा ८३ लाख ७९ हजार बढीको क्षति

ताप्लेजुङ, भदौ ३१ गते । जेनजी आन्दोलनको समयमा ताप्लेजुङका विभिन्न