पाथीभरामा बृहत सरसफाई, एक हजार किलो फोहोर संकलन




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुकुम्लुङ) को शनिबार बृहत सरसफाई गरिएको छ ।पाथीभरा क्षेत्र विकास समितीको आयोजनामा “पवित्र पाथीभरा सफा र हराभरा–हाम्रो जिम्मेवारी हाम्रो आस्था” भन्ने मुल नाराका साथ भएको सरसफाई कार्यक्रममा १ हजार किलो फोहोर संकलन भएको पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जनाकारी दिनुभयो ।

उहाँका अनुसार निरन्तर सफाई बाहेक बृहत सरसफाई कार्यक्रम निकै लामो समय देखि नभएको र पाथीभराको दर्शन गर्ने मुख्य सिजनमा भएको फोहारलाई सरसफाई गरि पाथीभराको स्वच्छतालाई कायम राख्न उक्त कार्यक्रम गरिएको हो । विशेषगरि प्लास्टिकजन्य फोहोर, सिसा र फलामजन्य फोहोरलाई संकलन गरि उचित तरिकाले व्यवस्थापन गरिएको छ ।
बृहत सरसफाई कार्यक्रममा पाथीभरा क्षेत्र विकासका कर्मचारी सहित प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा पौडेल, दुर्गादल गुल्मका गुल्मपति ब्रिकम खड्का सहितको नेपाली सेनाको टोली, शशस्त्र प्रहरी बल नं. १ गुल्म हेडक्वाटर कञ्चनजंघाका प्रहरी नायब उपरिक्षक नरेश मर्हजन सहितको शशस्त्र प्रहरीको टोलीको सहभागिता रहेको थियो ।


त्यस्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रहरी निरिक्षक विवेक बस्नेत सहितको नेपाल प्रहरीको टोली, कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका प्रमुख गणेश पोख्रेल सहित स्थानीय र पत्रकारहरुको सहभागिता रहेको थियो । ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरामा आफुले मागेको कुरा प्राप्त हुने जनविश्वास रहेकाले पाथीभराको दर्शन गर्न देशका विभिन्न ठाउँ सहित भारत साथै अन्य देशबाट पनि मन्दिरको दर्शन गर्न दर्शनार्थी आउने गर्दछन् ।

कार्तिक महिनामा मात्रै ६१ हजार १ सय ७३ जनाले पाथीभराको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितीले जनाएको छ ।
मन्दिरको स्वच्छता कायम राख्नको लागि तीर्थयात्री स्वयमले पनि आफुले बनाएको फोहोरलाई उचित तरिकाले व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको सरसफाई कार्यक्रममा सहभागिहरुको निष्कर्ष रहेको थियो ।

प्रकाशित मिति : 8:47 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले