फक्ताङलुङ गाउँपालिकामा निशुल्क दन्त शिविर सम्पन्न, ५२७ जना बिरामीले लिए सेवा



ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सोमबारबाट सुरु भएको ४ दिने निशुल्क दन्त  तथा मुख सम्बन्धी शिविर सम्पन्न भएको छ । आज सम्पन्न भएको उक्त शिविरमा ५२७ जनाले उपचार सेवा लिएका हुन् । 

फक्ताङलुङ गाउँपालिका, हेल्थ केयर नेपाल तथा सगरमाथा हेल्थ फाउण्डेसनको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरमा सो सङ्ख्याले उपचार सेवा लिएको गाउँपालिका उपाध्यक्ष रविन लिम्बू  (विकास)ले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरको आज विहीबार अन्तिम दिन सम्ममा  २२७ पुरुष र ३०० जना महिला गरि जम्मा ५२७ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । 

शिविरमा निशुल्क दाँत सफा गर्ने, किराले खाएको खाली ठाउँ भर्ने, बाङ्गो टिङ्गो दातलाई बाँध्ने, कीरा लागेको दुखेको दाँतलाई उखेल्ने, दन्त तथा मुख सम्बन्धी आवश्यक औषधि उपचार विषेशज्ञय चिकित्सकबाट भएको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले जानकारी दिनुभयो ।  शिविरमा जिल्ला भित्रका र जिल्ला बाहिरका बिरामीहरूको  सहभागिता रहेको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : 5:51 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले