सिकैचा उपनिर्वाचनः मतदाताको टुङ्गो लाग्यो




एलिना दियाली 
ताप्लेजुङ ।
जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं. ३ सिकैचामा यहि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाताको टुङ्गो लागेको छ । जिल्ला निर्वाचन कार्यलयले अन्तिम मतदाताको नामावली सार्वजनिक गर्दै उक्त निर्वाचनमा १ हजार ५ सय २८ मतादाता रहेको जनाएको हो । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त जिल्ला निर्वाचन अधिकारी बान्दवराज (विपिन) दुलालका अनुसार कुञ्जारी मतदानस्थलमा पुरुष ५५७ र महिला ४६९ गरि कुल १ हजार २६ जना जना मतदाता रहेका छन् । 

त्यस्तै ओसे मतदान स्थलमा पुरुष २८७ र महिला २१५ गरि कुल ५ सय २ जना मतादाता रहेका छन् । निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सरस्वती माध्यमिक विद्यालय कुञ्जारी र  दुर्गा माध्यमिक विद्यालय ओसे गरि दुई स्थानलाई मतदान स्थल तोकेको छ ।  त्यस्तै निर्वाचन आयोगले जिल्ला अदालत ताप्लेजुङका न्यायधिस विकास श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत तोकिसकेको छ । वडाध्यक्ष दिलप्रसाद बोखिम वैदेशिक रोजगारीमा गई २०८० साल कात्तिक २४ गते देखि वडामा उपस्थित नभएपछि र हङ्कङबाट वडाध्यक्ष बोखिमले २०८१ साल असोज १८ गते राजीनामा पत्र पठाएपछि सिकैचाको वडाध्यक्षका लागि उपनिर्वाचन गर्न लागेको हो । 

निर्वाचनमा ०८१ मंसिर १५ गते सम्म १८ उमेर पुगेका व्यक्तिले मतदान गर्न सक्नेछन् ।मतदान मङ्सिर १६ गते बिहान ७ देखि ५ बजेसम्म हुने आयोगले जनाएको छ । नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम निर्वाचित जनप्रतिनिधिको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढि पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पद पूर्ति हुने व्यवस्था छ ।

प्रकाशित मिति : 9:30 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका