फक्ताङलुङ दन्त शिविरः बुधबारसम्म ३ सय ९२ ले लिए सेवा 




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा सोमबारबाट सुरु भएको ४ दिने निशुल्क दन्त  तथा मुख सम्बन्धी शिविरमा बुधबारसम्म ३ सय ९२ जनाले उपचार सेवा लिएका छन् । फक्ताङलुङ गाउँपालिका, हेल्थ केयर नेपाल तथा सगरमाथा हेल्थ फाउण्डेसनको संयुक्त आयोजनामा भइरहेको शिविरमा उक्त सङ्ख्याले उपचार सेवा लिएको गाउँपालिका उपाध्यक्ष रविन लिम्बु  (विकास) ले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरको तेस्रो दिन बुधबार (आज) ८५ जना र पुरुष ७६ जना गरि १६१ जना, दोस्रो दिन मङ्गलबार ७६ जना र पुरुष ५२ जना गरि १२८ जनाले र पहिलो दिन सोमबार महिला ६६ जना र पुरुष ३७ जना गरि जम्मा १०३ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । 
बिहिबार (भोली) सम्म सञ्चालन हुने शिविरमा निशुल्क दाँत सफा गर्ने, किराले खाएको खाली ठाँउ भर्ने, बाङ्गो टिङ्गो दातलाई बाँध्ने, कीरा लागेको दुखेको दाँतलाई उखेल्ने, दन्त तथा मुख सम्बन्धी आवश्यक औषधि उपचार विषेशज्ञय चिकित्सकबाट भई रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुक्ति) ले जानकारी दिनुभयो ।

 शिविरमा जिल्ला भित्रका साथै जिल्ला बाहिरका बिरामीहरूले समेत सहभागिता जनाउन सकिने पालिकाले जनाएको छ ।

प्रकाशित मिति : 9:07 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा