मैवाखोलाद्धारा खेल प्रशिक्षकको प्रशिक्षण मूल्याङ्कन गर्न विद्यालयस्तरीय खेल प्रतियोगिता सुरु 




रेडियो काबेली 
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालयस्तरीय खेल प्रशिक्षकको प्रशिक्षण मुल्याङ्कन गर्न अन्तर माध्यमिक विद्यालयस्तरीय खेल प्रतियोगिता सुरु गरेको छ । पालिकाले आधारभुत तहबाटै खेलाडीहरू उत्पादन गर्न नियुक्ति गरिएको प्रशिक्षकको प्रशिक्षणको मुल्याङ्कन गर्न बुधबारबाट माध्यमिक विद्यालयस्तरीय छात्र छात्रा फुटबल खेल प्रतियोगिता सुरु गरिएको अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो  । उक्त प्रतियोगिता बिहिबार सम्म सञ्चालन हुनेछ ।


गाउँपालिकाले यस अघिनै खेलबाट बिद्यार्थीहरुको शारीरिक एवम् मानसिक रुपमा व्यक्तित्व विकास गर्ने उद्देश्यले फुटबल,भलिबल, तेक्वान्दो,कराँते र उसु गरि पाँच विधाको खेल प्रशिक्षक नियुक्ति गरेको थियो । तर सबैभन्दा पहिले फुटबल प्रशिक्षकको प्रशिक्षण मुल्याङ्कन गरिने र त्यस पश्चात अन्य विद्याको प्रशिक्षण मूल्याङ्कन गरिने अध्यक्ष वनेमले बताउनुभयो । शैक्षिक गुणस्तर सुधार गर्न लागि परेको मैवाखोला गाउँपालिकाले यस अघि जिल्लामा नै पहिलो पटक वृहत शैक्षिक सम्मेलन समेत गरेको थियो ।

प्रकाशित मिति : 8:47 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका