मैवाखोलाद्धारा खेल प्रशिक्षकको प्रशिक्षण मूल्याङ्कन गर्न विद्यालयस्तरीय खेल प्रतियोगिता सुरु 




रेडियो काबेली 
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विद्यालयस्तरीय खेल प्रशिक्षकको प्रशिक्षण मुल्याङ्कन गर्न अन्तर माध्यमिक विद्यालयस्तरीय खेल प्रतियोगिता सुरु गरेको छ । पालिकाले आधारभुत तहबाटै खेलाडीहरू उत्पादन गर्न नियुक्ति गरिएको प्रशिक्षकको प्रशिक्षणको मुल्याङ्कन गर्न बुधबारबाट माध्यमिक विद्यालयस्तरीय छात्र छात्रा फुटबल खेल प्रतियोगिता सुरु गरिएको अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो  । उक्त प्रतियोगिता बिहिबार सम्म सञ्चालन हुनेछ ।


गाउँपालिकाले यस अघिनै खेलबाट बिद्यार्थीहरुको शारीरिक एवम् मानसिक रुपमा व्यक्तित्व विकास गर्ने उद्देश्यले फुटबल,भलिबल, तेक्वान्दो,कराँते र उसु गरि पाँच विधाको खेल प्रशिक्षक नियुक्ति गरेको थियो । तर सबैभन्दा पहिले फुटबल प्रशिक्षकको प्रशिक्षण मुल्याङ्कन गरिने र त्यस पश्चात अन्य विद्याको प्रशिक्षण मूल्याङ्कन गरिने अध्यक्ष वनेमले बताउनुभयो । शैक्षिक गुणस्तर सुधार गर्न लागि परेको मैवाखोला गाउँपालिकाले यस अघि जिल्लामा नै पहिलो पटक वृहत शैक्षिक सम्मेलन समेत गरेको थियो ।

प्रकाशित मिति : 8:47 pm

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई

ताप्लेजुङ सेवा मलेसियाद्धारा उत्कृष्ट कार्य गर्ने दुई पदाधिकारीलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ सेवा समाज मलेसियाले उत्कृष्ट कार्य गर्ने

पाथीभराबाट पाँच महिनामा एक करोड ६४ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, पुस २२ गते । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट

पुस २५ गतेदेखि मेची राजमार्गको बहानन्दे–काबेली सडकखण्ड बन्द हुने

ताप्लेजुङ, पुस २२ गते । मेची राजमार्ग अन्तर्गत बहानन्दे काबेली