पाथिभरा मन्दिरमा क्यूआर प्रयोग : क्षेत्र विकास समितिले दियो स्पष्टिकरण 



साहारा लङ्वा लिम्बू  
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथिभरामा क्यूआर प्रयोगमा ल्याइएको बारे पाथिभरा क्षेत्र विकास समितिले स्पष्टिकरण गराएको छ । लक्ष्मी सनराइज बैङ्कमा खोलिएको पाथिभरा क्षेत्र विकास समिति भेटी दान खाता क्यूआर प्रयोगमा ल्याइए पछि यसको नकरात्मक र सकारात्मक टिप्पणीहरू धेरै आए पछि क्षेत्र विकास समितिले एक विज्ञप्ति जारी गर्दै यस बारे स्पष्टिकरण गराएको हो । 

कुनै नियत नराखी पाथिभरा प्रति सफा मनले भक्तजनहरूको मागलाई सम्बोधन गर्न क्यूआरको प्रयोग गर्ने व्यवस्था गरिएको क्षेत्र विकास समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । भक्तजनको माग र पारदर्शिताको लागि क्यूआर व्यवस्था गरिएकोले नकरात्मक रुपमा नबुझिदिन पनि विज्ञप्तिमा अनुरोध गरिएको छ ।

साथै उक्त क्यूआर इच्छुक र आवश्यक पर्ने भक्तजनहरूले मात्र प्रयोग गर्ने त्यस्तै यसको प्रयोगमा कुनै बाध्यकारी र अनिवार्य नभएको कुरा पनि विज्ञप्ति मार्फत जानकारी दिइएको छ । 

प्रकाशित मिति : 6:20 pm

दोभान बजार आगलागी : १४ करोड ५६ लाख क्षति

ताप्लेजुङ, असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा भएको भीषण

ताप्लेजुङ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सात दिन बिदा रोक

ताप्लेजुङ, असोज ९ गते । सम्भावित विपद् तथा आपत्कालीन अवस्थालाई

बहानन्दे–मित्लुङ–लेलेप सडकखण्ड अवरुद्ध

ताप्लेजुङ, असोज ९ गते । लगातारको वर्षाका कारण ताप्लेजुङको तमोर

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–दोभान क्षेत्रमा सडक अवरुद्ध

ताप्लेजुङ असोज ९ गते । निरन्तरको वर्षाका कारण ताप्लेजुङको आठराई

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै