पाथिभरा मन्दिरमा क्यूआर प्रयोग : क्षेत्र विकास समितिले दियो स्पष्टिकरण 



साहारा लङ्वा लिम्बू  
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथिभरामा क्यूआर प्रयोगमा ल्याइएको बारे पाथिभरा क्षेत्र विकास समितिले स्पष्टिकरण गराएको छ । लक्ष्मी सनराइज बैङ्कमा खोलिएको पाथिभरा क्षेत्र विकास समिति भेटी दान खाता क्यूआर प्रयोगमा ल्याइए पछि यसको नकरात्मक र सकारात्मक टिप्पणीहरू धेरै आए पछि क्षेत्र विकास समितिले एक विज्ञप्ति जारी गर्दै यस बारे स्पष्टिकरण गराएको हो । 

कुनै नियत नराखी पाथिभरा प्रति सफा मनले भक्तजनहरूको मागलाई सम्बोधन गर्न क्यूआरको प्रयोग गर्ने व्यवस्था गरिएको क्षेत्र विकास समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । भक्तजनको माग र पारदर्शिताको लागि क्यूआर व्यवस्था गरिएकोले नकरात्मक रुपमा नबुझिदिन पनि विज्ञप्तिमा अनुरोध गरिएको छ ।

साथै उक्त क्यूआर इच्छुक र आवश्यक पर्ने भक्तजनहरूले मात्र प्रयोग गर्ने त्यस्तै यसको प्रयोगमा कुनै बाध्यकारी र अनिवार्य नभएको कुरा पनि विज्ञप्ति मार्फत जानकारी दिइएको छ । 

प्रकाशित मिति : 6:20 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले