पाथीभरा मन्दिरमा भक्तजनले अब क्युआरमार्फत भेटि चढाउन सक्ने




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङमा अवस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिर दर्शन गर्न आउने र माताको लागि भेटि छुट्टाएर दर्शन गर्न आउन नसक्ने भक्तजनहरुले अब क्यिुआर मार्फत पनि भेटी चढाउन सक्ने भएका छन् । लक्ष्मी सनराईज बैँक ताप्लेजुङको सहकार्यमा उक्त व्यवस्था गरिएको पाथीभरा क्षेत्र विकास समितीका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्षेत्र विकास समितिले उक्त बैँकमा भेटी दान खाता सञ्चालन गरि क्यूआर कोड तयार गरी मन्दिर क्षेत्रमा राख्ने भएको हो । मंगलबार बैँकका मेनेजर अनिल श्रेष्ठले उक्त क्युआर क्षेत्र विकास समितीलाई हस्तातन्रण गर्नुभएको छ भने अब उक्त क्युआर कोड मन्दिर क्षेत्रमा राखिनेछ । र आवश्यकता अनुसार अन्य क्षेत्रमा समेत विस्तार गर्दै लगिनेछ ।
तिर्थयात्रीको माग अनुसार नै उहाँहरुको सहजताको लागि र आर्थिक पारदर्शिताको लागि क्युआरको व्यवस्था सुरु गरिएको निर्देशक हाङबाङले बताउनुभयो ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार १८:५३

नयाँ प्रधानमन्त्रीका लागि कार्यकक्ष तयार गरिँदै

ताप्लेजुङ, भदौ २७ गते । गृह मन्त्रालयको नयाँ बन्दै गरेको

ताप्लेजुङमा कफ्‍‍र्यू लम्बियो

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङमा कफ्‍‍र्यू लम्बिएको छ ।

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

ताप्लेजुङ, भदौ २७ गते । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक