फक्ताङलुङमा सोमबारबाट सुरु भएको दन्त परीक्षणमा १ सय ४ जनाले लिए सेवा




रेडियो काबेली
ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकामा सोमबारबाट सुरु भएको निशुल्क दन्त शिविरमा १ सय ४ जनाले सेवा लिएका छन् । फक्ताङलुङ गाउँपालिका, हेल्थ केयर नेपाल तथा सगरमाथा हेल्थ फाउण्डेसनको संयुक्त आयोजनामा भएको शिविरमा उक्त संख्याले शिविरमा सेवा लिएका हुन् । गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार शिविरमा निशुल्क दाँत सफा गर्ने, किराले खाएको खाली ठाँउ भर्ने, बाङ्गो टिङ्गो दातलाई बाँध्ने, किरा लागेको दुखेको दाँतलाई उखेल्ने, दन्त तथा मुख सम्बन्धी आवश्यक औषधि उपचार विषेशज्ञय चिकित्सकबाट गरिनेछ ।

अध्यक्ष लिम्बुका अनुसार कात्तिक २६ देखि २९ गते सम्म बिहान ९ः०० बजेदेखि अपरान्ह ४ः०० बजे हुने शिविर गाउँपालिकाको केन्द्र तापेथोकमा रहेको तापेथोक आधारभूत अस्पतालमा हुनेछ । शिविरमा जिल्ला साथै जिल्ला बाहिरका बिरामीहरुले सहभागीता जनाउन पाउने गाउँपालिका अध्यक्ष लिम्बुको भनाई रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार २३:०१

केबलकार विवाद : विरोधीसँग वार्ता र घाइतेको उपचार गर्ने, विकास निर्माणको काम अघि बढाउने

काठमाडौं। गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको

मैवाखोलामा दौँतरी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकामा दौँतरी शिक्षा अभिमुखिकरण कार्यक्रम

पाथीभरा आएका भक्तजनलाई काफ्लेपाटीबाट प्रहरीले स्कटिङ गरेर सदरमुकाम ल्यायो

ताप्लेजुङ । पाथीभरा (मुकुम्लुङ) दर्शनका लागि आएका भक्तजनलाई प्रहरीले स्कटिङ

केबलकार विवाद : वार्ता र संवादद्धारा समस्याको समाधान गर्न नगर प्रमुख मादेनको आह्वान

रेडियो काबेलीताप्लेजुङ । फुङलिङ नगरपालिकाले केबलकारको विषयलाई लिएर आन्दोलनरत पक्षलाई

ताप्लेजुङमा नाबालिकालाई जवरजस्ती करणी गर्ने दुई व्यक्ति पक्राउ

रेडियो काबेलीताप्लेजुङ । जिल्लामा १४ वर्षीय नाबालिकालाई प्रलोभनमा पारी जवरजस्ती