निःशुल्क आँखा शिविरको पहिलो दिन २ सय २८ जनाले गरे आँखा परिक्षण




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङको फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सोमबारबाट सुरु भएको निशुल्क आँखा शिविरको पहिलो दिन २ सय २८ जनाले आँखा परिक्षण गरेका छन् । नेपाल नेत्रज्योति संघ ताप्लेजुङ, फुङलिङ नगरपालिका र सेवा फाउण्डेसन काठमाडौँको संयुक्त पहलमा सुरु भएको ३ दिने शिविरमा उक्त संख्याले आँखा परिक्षण गराएका हुन् ।


त्यस्तै ३५ जना मोतिबिन्दुका बिरामीहरुलाई छनोट गरि शल्याक्रिया गरिएको नेत्र ज्योति संघका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो । मेची आँखा अस्पतालको प्राबिधिक सहयोगमा सुरु भएको शिविरमा सोमबार ४० वर्षभन्दामाथिका ८५ जना बिरामीहरुलाई निःशुल्क चश्मा वितरण गरिएको डिचेन डोङगला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो ।

शिबिर बुधबार सम्म सञ्चालन हुनेछ भने यहाँको शिविर सकिए पश्चात चिकित्सक सहितको प्राविधिक टोलीको उपस्थितीमा पाँचथरको थर्पुमा कात्तिक ३० र मंसिर १ गते शिविर सञ्चालन हुनेछ ।

प्रकाशित मिति : 10:32 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले