फाल्गुनन्द जन्मजयन्तीको अवसरमा ताप्लेजुङमा विविध कार्यक्रम सम्पन्न




रेडियो काबेली

ताप्लेजुङ । किराँत धर्म तथा साहित्य उत्थान मञ्च ताप्लेजुङले महागुरु फाल्गुन्द लिङदेनको जन्मजयन्ती आईतबार विविध कार्यक्रम गरि मनाएको छ । सोह्रौँ राष्ट्रिय विभूति तथा महान समाज सुधारक फाल्गुनन्द लिङ्गदेनको १४० औँ जन्मजयन्तीको अवसरमा मञ्चले विभिन्न जातीय झाँकी सहित नगर परिक्रमा पश्चात फुङलिङ नगरपालिका वडा नम्बर ६ काउले स्थित किरात हाङसाङ माङहिममा औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा च्याबु्रङ नाच, धान नाच, बिजुवा नाच लगायत सहितको कार्यक्रम भएको थियो । कोशी प्रदेश सभा सदस्य एवं पुर्व स्वास्थ्य मन्त्री निर्मला तावाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फाल्गुनन्दको जिवनीको समेत चर्चा गरिएको थियो ।


किरात समाज सुधारमा पु¥याएको योगदानको कदर गर्दै फाल्गुनन्दलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिपर्नुभयो । किराँत धर्मदर्शनका पुनरुत्थानकर्ता महान समाज सुधारक मुहङ्गिमा. अङ्सिमाङ महागुरु फाल्गुनन्द लिङदेनको वि.सं. १९४२ साल कात्तिक २५ गते इलामको ईभाङमा जन्म भएर वि.सं. २००५ साल चैत्र २२ गते सोमबार पाँचथरमा निधन भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य तावा सहित फुङलिङ नगरपालिकाका उप–प्रमुख भिमादेवी ओझा, सहायक प्रमुम जिल्ला अधिकारी सन्दीपा खड्का, मुकुम्लुङ संयुक्त संघर्ष समिती सल्लाहकार कुमार साम्यु, किराँत साम्यो माङेसेवासावा थुम अध्यक्ष ईन्द्रहाङ पालुङ्वा र किराँत याक्थुम चुम्लुङ फुङलिङ नगर उपाध्यक्ष उत्सव साँबाले फाल्गुनन्दको योगदानको चर्चा गर्दै उहाँको जन्मजयन्तीको शुभकामना व्यक्त गर्नुभएको थियो ।


किराँत धर्म तथा साहित्य उत्थान मञ्च ताप्लेजुङका अध्यक्ष कर्ण बहादुर पालुङ्वाको सभाअध्यक्षमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक रोहित कुमार शर्माको समते उपस्थिती रहेको थियो । फाल्गुनन्दको अवसरमा कोशी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा समेत दिएको थियो ।

प्रकाशित मिति : 10:02 am

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा