फक्ताङलुङ गाउँपालिकामा सोमबार देखी ४ दिने निशुल्क दन्त शिविर सुरु हुँदै




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा आजबाट (सोमबार) चारदिने दन्त तथा मुख स्वास्थ्य सम्वन्धी निशुल्क शिविर सुरु हँदैछ । फक्ताङलुङ गाउँपालिका, हेल्थ केयर नेपाल तथा सगरमाथा हेल्थ फाउण्डेसनको संयुक्त आयोजनामा दन्त बिशेषज्ञबाट दाँत तथा मुख स्वास्थ्य सम्वन्धी शिविर सञ्चालन हुन लागेको हो ।

गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार शिविरमा निशुल्क दाँत सफा गर्ने, किराले खाएको खाली ठाँउ भर्ने, बाङ्गो टिङ्गो दातलाई बाँध्ने, किरा लागेको दुखेको दाँतलाई उखेल्ने, दन्त तथा मुख सम्बन्धी आवश्यक औषधि उपचार विषेशज्ञय चिकित्सकबाट गरिनेछ । अध्यक्ष लिम्बुका अनुसार कात्तिक २६ देखि २९ गते सम्म बिहान ९ः०० बजेदेखि अपरान्ह ४ः०० बजे हुने शिविर गाउँपालिकाको केन्द्र तापेथोकमा रहेको तापेथोक आधारभूत अस्पतालमा हुनेछ । शिविरमा जिल्ला साथै जिल्ला बाहिरका बिरामीहरुले सहभागीता जनाउन पाउने गाउँपालिका अध्यक्ष लिम्बुको भनाई रहेको छ ।

प्रकाशित मिति : 8:28 am

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि