फक्ताङलुङ गाउँपालिकामा सोमबार देखी ४ दिने निशुल्क दन्त शिविर सुरु हुँदै




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा आजबाट (सोमबार) चारदिने दन्त तथा मुख स्वास्थ्य सम्वन्धी निशुल्क शिविर सुरु हँदैछ । फक्ताङलुङ गाउँपालिका, हेल्थ केयर नेपाल तथा सगरमाथा हेल्थ फाउण्डेसनको संयुक्त आयोजनामा दन्त बिशेषज्ञबाट दाँत तथा मुख स्वास्थ्य सम्वन्धी शिविर सञ्चालन हुन लागेको हो ।

गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार शिविरमा निशुल्क दाँत सफा गर्ने, किराले खाएको खाली ठाँउ भर्ने, बाङ्गो टिङ्गो दातलाई बाँध्ने, किरा लागेको दुखेको दाँतलाई उखेल्ने, दन्त तथा मुख सम्बन्धी आवश्यक औषधि उपचार विषेशज्ञय चिकित्सकबाट गरिनेछ । अध्यक्ष लिम्बुका अनुसार कात्तिक २६ देखि २९ गते सम्म बिहान ९ः०० बजेदेखि अपरान्ह ४ः०० बजे हुने शिविर गाउँपालिकाको केन्द्र तापेथोकमा रहेको तापेथोक आधारभूत अस्पतालमा हुनेछ । शिविरमा जिल्ला साथै जिल्ला बाहिरका बिरामीहरुले सहभागीता जनाउन पाउने गाउँपालिका अध्यक्ष लिम्बुको भनाई रहेको छ ।

प्रकाशित मिति : 8:28 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा