पाथीभरा क्षेत्रमा केबलकार निर्माण विवाद : झडपमा २ प्रहरी सहित ६ घाईते




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा विवाद हुँदा झडप भएको छ । केबलकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको हो । झडपमा २ प्रहरी सहित ६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख रवि रावले जानकारी दिनुभयो । उहाँका अनुसार केबलकार बनाउनु पर्छ भन्ने पक्षका फुङलिङ नगरपालिका वडा नं. ४ का दामोदर अधिकारी, मेरिङदेन गाउँपालिकाका ४ का कुमार शेर्पा घाईते हुनु भएको छ । त्यस्तै केबलकार खारेजी गर्नुपर्छ भन्ने पक्षका फुङलिङ नगरपालिका वडा नं.४ का चन्द्र मादेन र पाथीभरा क्षेत्रमा भरिया (तिर्थयात्रीको सहयोगी) फक्ताङलुङ गाउँपालिकाका ५ का अर्जुन लिम्बु घाईते हुनु भएको छ । उनीहरुको तमोर अस्पताल र जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको प्रहरीको भनाई रहेको छ ।

त्यस्तै झडपमा शसस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली र प्रहरी सहायक हवल्दार अभिनास माझी घाईते हुनु भएको छ । उहाँहरुको अवस्था सामान्य रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन लगायत कार्यक्रमस्थल पुगेका थिए । तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेका थिए । यद्यपि, एक्साभेटर चलाएर केबलकार शिलान्यास गरिसकिएको फुङ्लिङ नगरपालिका नगर प्रमुख अमिर मादेनले जानकारी दिनुभएको छ ।

मुक्कुमलुङ संरक्षण समितिसहित केबलकार निर्माण विरोध गर्ने विभिन्न समूहले पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् भने अर्का थरिले प्रसिद्ध तीर्थस्थलमा यात्रा गर्न केबलकारले थप सहज गर्ने र ताप्लेजुङ्गको पर्यटकीय महत्व थप बढ्ने भन्दै विरोध नगर्न आग्रह गर्दै आएका छन् । अहिले स्थिति सामान्य रहेको र केबुलकार निर्माण स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 6:43 pm

ताप्लेजुङ गोल्डकपको टिकट दर घट्यो

ताप्लेजुङ, साउन २७ गते । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप चौथो

मध्य मेवा जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा

ताप्लेजुङ, साउन २७ गते । ताप्लेजुङमा निर्माणाधीन ७३.५ मेगावाट क्षमताको

अल्लोबाट निर्मित सामग्री उत्पादन सम्वन्धी तालिम सम्पन्न

ताप्लेजुङ , साउन २७ गते । ताप्लेजुङको फुरुम्बुमा अल्लोबाट निर्मित

पाथीभरा मन्दिरको प्रसाद मागबमोजिम हुलाकमार्फत ढुवानी गरिने

सौगात विष्टताप्लेजुङ, साउन २२ गते । जिल्ला हुलाक कार्यालय, ताप्लेजुङ

मैवाखोलामा ५४ फिटको ‘सिलाम साक्मा’ प्रतिमा, लिम्बू संस्कृतिको संरक्षणमा नयाँ पहल

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले लिम्बू समुदायको