ताप्लेजुङको तेल्लोकका युवा भीरमा मृत भेटिए



ताप्लेजुङको तेल्लोकका युवा भीरमा मृत भेटिए

ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोकका ३० बर्षिय विवेक भण्डारी भीरबाट लडेर मृत अवस्थामा भेटिनु भएको छ । तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष समेत रहेका स्थानीय अर्जुन भट्टराईका अनुसार तेल्ल्लोक सिबुदिन निवासी काजीमान भण्डारीका छोरा विवेक सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङको याङपाङ खुर्दुका भीरमा मृत भेटिनु भएको हो ।

भट्टराईका अनुसार गत असोज १४ गते काम बिशेषले पेदाङतर्फ जानु भएका उहाँ फर्कि नआएपछि खोजी गर्ने क्रममा भीरमा मृत अवस्थामा भेटिनु भएको हो। घटनाको बिस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विवेक बस्नेतको कमाण्डमा प्रहरी टोली परिचालित भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख एवं प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 2:28 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि