ताप्लेजुङको तेल्लोकका युवा भीरमा मृत भेटिए



ताप्लेजुङको तेल्लोकका युवा भीरमा मृत भेटिए

ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोकका ३० बर्षिय विवेक भण्डारी भीरबाट लडेर मृत अवस्थामा भेटिनु भएको छ । तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष समेत रहेका स्थानीय अर्जुन भट्टराईका अनुसार तेल्ल्लोक सिबुदिन निवासी काजीमान भण्डारीका छोरा विवेक सिरिजङ्गा गाउँपालिका वडा नं ५ पेदाङको याङपाङ खुर्दुका भीरमा मृत भेटिनु भएको हो ।

भट्टराईका अनुसार गत असोज १४ गते काम बिशेषले पेदाङतर्फ जानु भएका उहाँ फर्कि नआएपछि खोजी गर्ने क्रममा भीरमा मृत अवस्थामा भेटिनु भएको हो। घटनाको बिस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विवेक बस्नेतको कमाण्डमा प्रहरी टोली परिचालित भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख एवं प्रहरी नायव उपरिक्षक रवि रावलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 2:28 pm

ताप्लेजुङमा आज बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने 

ताप्लेजुङ, पुस १९ गते । ताप्लेजुङमा आज विद्युत सेवा अवरुद्ध

प्रथम मानाभारा गोल्डकप : उपाधिका लागि आज माछापोखरी र लालीगुराँस भिड्दै

ताप्लेजुङ, पुष १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा जारी

प्रथम मानाभारा गोल्डकपः फाईनलमा माछापोखरी हिटी र लालिगुराँस भिड्ने

रेडियो काबेलीताप्लेजुङ । सिदिङवा गाउँपालिका सुरुङ्खिको लालिगुराँस युथ क्लब र

ताप्लेजुङ बहुउद्देश्यीय सहकारीको बचत आर्थिक वर्ष २०८१/८२ मा झण्डै ६२ लाख 

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक

पाथीभरा (मुक्कुमलुङ)मा निर्माणधीन केबुलकार विरुद्ध फेरी आन्दोलनको घोषणा

ताप्लेजुङ, पुस १८ गते । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा निर्माण भइरहेको