पाथीभरा मन्दिरमा भरिया व्यवस्थापनका लागि कार्यविधि निर्माण गरिने




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थलमा पाथीभरा मन्दिरमा तिर्थालुहरुको सहयोगी (भरिया) व्यवस्थापनका लागि कार्यविधि निर्माण गरिने भएको छ । भरिया व्यवस्थापनका लागि पाथीभरा क्षेत्र विकास समिति र फुङलिङ नगरपालिकाले संयुक्तरूपमा छलफल गर्दै कार्यविधि निर्माण सहित ९ बुँदे निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितीका अध्यक्ष रक्कि थेबेले जानकारी दिनुभयो ।
उहाँका अुनसार कार्यविधि निर्माण सहित भरियाको विमा गरिने, भरियाको तिन पुस्ते विवरण राख्ने, भरियाको स्वास्थ्य परिक्षण गरिने र भरियाको उमेर हदबन्दी समेत कायम गरिनेछ ।
त्यस्तै भरियाको आधिकारिक पोशाक लागु गरिने, भरियाहरुलाई सर–सामान तथा तिर्थयात्री बोक्नका लागि चाहिने आवश्यक बस्तुको व्यवस्था गर्ने, जिल्ला बाहिरका भरियाहरुलाई अनुमति नदिने जनाईएको छ ।
किलोमिटरको आधारमा प्रति केजि मान्छे र बस्तुको मुल्य निर्धारण गर्ने साथै जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङको सहयोगमा ठुलो फेदिमा भरियाहरुलाई मादक पदार्थ सेवन (मापस)े चेक गर्ने व्यवस्था गरिने पाथीभरा क्षेत्र विकास समितले जनाएको छ ।
पाथीभरा क्षेत्र विकास समितीका कार्यकारी निर्देशक प्रजिन हाङबाङको संयोजकत्वमा फुङलिङ नगरपालिका, फक्ताङलुङ, सिरिजङ्गा र पाथीभरा याङवरक गाउँपालिका, श्री पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र ठुलोफेदी काफ्लेपाटी होटल व्यवसायी संघ सदस्य भएको कार्यविधि निर्माण समिती यस अघि नै गठन भईसकेको छ ।
न्युनतम उमेर २२ वर्षदेखी अधिकतम ५५ वर्ष उमेर भएका व्यक्तिहरुले भरियाको परिचयपत्र लिन पाउने पाथीभरा क्षेत्र विकासले गरेको सुचनामा गत आर्थिक वर्ष २०८०÷८१ मा २ सय १२ जनाले भरियाको लागि फाराम भरि सकेको समेत पाथीभरा क्षेत्र विकास समितीले जनाएको छ । अब कार्यविधि बनिसकेपछि उमेर हद सहित आवश्यक विषयमा भरियाको छनोट र परिचयपत्र वितरण हुने कार्यकारी निर्देशक हाङबाङले बताउनुभयो । पाथीभरामा आउने तिर्थयात्रीको सहजताको लागि यस अघि क्षेत्र विकास समितीले सहायता कक्ष (हेल्प डेस्क) समेत निर्माण गरेको छ ।

प्रकाशित मिति : 8:41 pm

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो

ताप्लेजुङका १८ उद्यमीलाई उद्यमशीलता विकास तालिम 

साहारा लिम्बूताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङमा उद्यमशीलता विकास तथा

जेन जी एकताको अभियान ताप्लेजुङबाट सुरु 

ताप्लेजुङ, कात्तिक २१ गते । जेन जी युनाइटेड मुभमेन्टले एकताको

सेसेलुङ गोल्ड कपको आय व्यय सार्वजनिक, मङ्सिर १३ देखि महिला फुटबल प्रतियोगिता सञ्चालन हुने 

साहारा लिम्बू ताप्लेजुङ, कात्तिक २१ गते । गत वर्ष सञ्चालन भएको

निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु

रेडियो काबेलीताप्लेजुङमा । ताप्लेजुङमा निशुल्क अनलाईन कक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम