ताप्लेजुङ विकास मञ्चद्धारा ८ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ विकास मञ्चले फक्ताङलुङ गाउँपालिका वडा नं ३ स्थित सिवाँ स्वास्थ्य चौकीलाई ८ लाख रुपैँया बराबरको स्वास्थ्य सम्बन्धी उपकरण हस्तान्तरण गरेको छ । आईतबार नेपाल मेडिकल सपोट जर्मनीको आर्थिक सहयोगमा उक्त रकम बराबरको स्वास्थ्य सम्बन्धी उपकरण हस्तान्तरण गरिएको ताप्लेजुङ विकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईले बताउनुभयो ।


भिडियो जाँच गर्ने युसजी मेसिन, मुटु जाँच गर्ने ईसिजी मेसिन र एक्स्रे मेसिन प्रतिनिधि सभा सदस्य एवं पुर्वमन्त्री योगेश कुमार भट्टराई र संस्थाका अध्यक्ष प्रसाईंले फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)) र स्वास्थ चौकी प्रमुख प्रेम कुमारी लिम्बुलाई संयत रुपमा हस्तान्तरण गर्नु भएको हो ।स्थानीय स्तरमा नै बिरामीहरुले स्वास्थ्य उपचार गराउन सहज होस भन्ने उद्धेश्यले सामाग्री वितरण गरिएको मञ्चले जनाएको छ ।

प्रकाशित मिति : 5:32 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा