लिटल बुद्ध बोर्डिङका प्रेन्सिपल युवराज गिरी सम्मानित



रेडियो काबेली

ताप्लेजुङ । लिटल बुद्ध बोर्डिङ स्कुलका प्रेन्सिपल युवराज गिरी सम्मानित हुनुभएको छ । शैक्षिक क्षेत्रमा योगदान पु¥याएको भन्दै जिल्ला समन्वय समिती ताप्लेजुङले बुधबार आठौँ जिल्ला सभा तथा समिक्षा कार्यक्रममा सम्मान गरेको हो । लिटल बुद्ध बोर्डिङका संस्थापक समेत रहनुभएका गिरीलाई शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान गरेको भन्दै प्रतिनीधि सभाका सदस्य एवं पुर्व मन्त्री योगेश कुमार भट्टराई, कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम,प्रदेशसभा सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वो र निर्मला तावा सहितको उपस्थितिमा दोसल्ला र सम्मान–पत्रले सम्मान गर्नु भएको हो ।

गिरी जिल्ला बाहिर रहेकाले उहाँको सम्मान उहाँका मामाले ग्रहण गर्नु भएको छ । लिटल बुद्ध बोर्डिङ स्कुलकी छात्रा गत वर्ष (२०८०) को माध्यकि शिक्षा परिक्षा (एसईई) को नतिजामा जिल्ला प्रथम हुनुभएको थियो ।

प्रकाशित मिति : 8:36 pm

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि हाङपाङलाई

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित