लिटल बुद्ध बोर्डिङका प्रेन्सिपल युवराज गिरी सम्मानित



रेडियो काबेली

ताप्लेजुङ । लिटल बुद्ध बोर्डिङ स्कुलका प्रेन्सिपल युवराज गिरी सम्मानित हुनुभएको छ । शैक्षिक क्षेत्रमा योगदान पु¥याएको भन्दै जिल्ला समन्वय समिती ताप्लेजुङले बुधबार आठौँ जिल्ला सभा तथा समिक्षा कार्यक्रममा सम्मान गरेको हो । लिटल बुद्ध बोर्डिङका संस्थापक समेत रहनुभएका गिरीलाई शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान गरेको भन्दै प्रतिनीधि सभाका सदस्य एवं पुर्व मन्त्री योगेश कुमार भट्टराई, कोशी प्रदेश सरकारका उद्योग,कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगाम,प्रदेशसभा सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्वो र निर्मला तावा सहितको उपस्थितिमा दोसल्ला र सम्मान–पत्रले सम्मान गर्नु भएको हो ।

गिरी जिल्ला बाहिर रहेकाले उहाँको सम्मान उहाँका मामाले ग्रहण गर्नु भएको छ । लिटल बुद्ध बोर्डिङ स्कुलकी छात्रा गत वर्ष (२०८०) को माध्यकि शिक्षा परिक्षा (एसईई) को नतिजामा जिल्ला प्रथम हुनुभएको थियो ।

प्रकाशित मिति : 8:36 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि