जिल्ला होटल व्यवसायी संघ काठमाडौंको अध्यक्षमा ताप्लेजुङका सुरेश बराल निर्वाचित



काठमाडौँ । जिल्ला होटल व्यवसायी संघ काठमाडौंको अध्यक्षमा सुरेश बराल निर्वाचित भएका छन्। फुङलिङ नगरपालिका – ३ ताप्लेजुङ स्थायी घर भई हाल शम्भुमार्ग एयरपोर्ट काठमाडौंमा होटल पाँचथर सञ्चालन गर्दै आएका बराल बुधवार काठमाडौंको अनुपम फुडल्याण्ड गौशालामा सम्पन्न छैठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

बरालको नेतृत्वमा ३० सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। संघको वरिष्ठ उपाध्यक्षमा भविश्वर दुबे, उपाध्यक्षमा क्रमसः जितेन्द्र गिरी, मनोहरी कंडेल, बिष्णु प्रसाद घिमिरे, महेन्द्र राई, कुमार श्रेष्ठ, बिष्णु प्रसाद उपाध्याय, महासचिवमा शैलेन्द्र विक्रम थापा, उप-महासचिवमा शिवलाल गिरी, सचिवमा क्रमसः लाल बहादुर बानिया (अनिश),देवकी भण्डारी, हरि प्रसाद अर्याल, जयलाल श्रेष्ठ, कोषाध्यक्षमा शालिकराम थापा र सह कोषाध्यक्षमा लेखनाथ खराल निर्वाचित भएका छन्। यस्तै खुल्ला सदस्यमा क्रमसः नुमाकान्त पाठक , कप्तान अधिकारी, नविन अधिकारी, सन्तोष पौडेल, खेमराज उप्रेति, माधव प्रसाद गौतम, शेर बहादुर बिष्ट, शारदा खड्का, दिल बहादुर क्षेत्री, समावेशी सदस्यमा क्रमसः तिलक श्रीपाली, ललित बहादुर श्रेष्ठ, रेनुका यक्सो लिम्बु, महिला सदस्यमा सुजता तामाङ्ग र अप्सरा थापा निर्वाचित भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथीमा बागमति प्रदेशका सभामुख भुवन कुमार पाठक, यस्तै बिशिष्ट अतिथीको रुपमा होटल व्यवसायी महासंघ नेपालका महासचिव शंकर भण्डारी र बिशिष्ट अतिथी होटल तथा पर्यटन व्यवसायी संघ बागमति प्रदेशका अध्यक्ष दामोदर नेपाल, अतिथीको रुपमा लोकतान्त्रिक होटल व्यवसायी संघ नेपालका अध्यक्ष लिला प्रसाद ढकाल, नेपाल राष्ट्रिय होटल व्यवसायी संघ अध्यक्ष पदम लिम्बु र काठमाण्डौंमा रहेका सात वटा ईकाई अध्यक्षहरु र सामुदायिक सेवा केन्द्र गंगबु बरिष्ठ उपाध्यक्ष दिपक बाँनिया समाज उत्थान महिना मञ्च अध्यक्ष जानुका नेपाल रहनु भएको थियो ।
होटल व्यवसायीको हक, हित र अधिकार संरक्षण गर्ने उद्देश्यले वि.स.२०५७ सालमा स्थापना भएको नेपाली होटल व्यवसायी संघमा सयौं व्यवसायी आवद्ध रहेका छन्।

प्रकाशित मिति : 7:30 pm

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

ताप्लेजुङ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र

सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने

ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज

ताप्लेजुङ बज्रगुरु मन्त्रजपको पहिलो दिन १२ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, चैत्र १३ गते । सातौँ ताप्लेजुङ बज्रगुरु मन्त्रजप कार्यक्रमको

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

ताप्लेजुङ, चैत १२ गते । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

ताप्लेजुङ, चैत १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा