गोरखामा माइक्रोबस दुर्घटना, चालकसहित १७ जना घाइते



काठमाडौँ। सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा४ख ६०४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन्। अन्य यात्रुहरू सामान्य घाइते भएका छन्। घटनापछि प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका अधिकांश चितवनको खैरेनी नगरपालिकाका बसोबासी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। माइक्रोबसमा दुर्घटनाको समयमा १९ जना सवार थिए।

प्रकाशित मिति : 7:02 am

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ