थुङ्थापको सिन्धकाली आधारभूत विद्यालयमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. १ थुङ्थापमा रहेको सिन्धकाली आधारभूत विद्यालयमा दस लाख रुपैयाँको अक्षय कोष स्थापना भएको छ । धरान १० सुनसरी घर भइ हाल हङ्कङ निवासी समाजसेवी गंगा माया नाल्बो चोङ्बाङक्याकले उक्त अक्षय कोष स्थापना गर्नुभएको छ ।

समाजसेवी गंगामायाले आफ्नो श्रीमान सुभानिसङ चोङ्बाङक्याक र जेठी दिदी दौलक्षी नेयोङ चोङ्बाङक्याकको स्मृतिमा ५ लाख रुपैयाँ र बुबा आशवीर नाल्बो र आमा कृष्ण माया वनेमको स्मृतिमा ५ लाख गरि जम्मा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरि दिएको विद्यालयका प्रधानाध्यापक सन्त कुमार लिम्बूले जानकारी दिनुभएको छ ।

उक्त अक्षय कोषले विद्यालयको शैक्षिक उन्नतिमा ठुलो टेवा पुर्याउने प्रधानाध्यापक लिम्बूको भनाई छ । साथै अक्षय कोष स्थापनाका लागी उनले समाजसेवी गंगामाया नाल्बो चोङ्बाङक्याक लाई धन्यबाद प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति : 8:55 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका