थुङ्थापको सिन्धकाली आधारभूत विद्यालयमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. १ थुङ्थापमा रहेको सिन्धकाली आधारभूत विद्यालयमा दस लाख रुपैयाँको अक्षय कोष स्थापना भएको छ । धरान १० सुनसरी घर भइ हाल हङ्कङ निवासी समाजसेवी गंगा माया नाल्बो चोङ्बाङक्याकले उक्त अक्षय कोष स्थापना गर्नुभएको छ ।

समाजसेवी गंगामायाले आफ्नो श्रीमान सुभानिसङ चोङ्बाङक्याक र जेठी दिदी दौलक्षी नेयोङ चोङ्बाङक्याकको स्मृतिमा ५ लाख रुपैयाँ र बुबा आशवीर नाल्बो र आमा कृष्ण माया वनेमको स्मृतिमा ५ लाख गरि जम्मा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरि दिएको विद्यालयका प्रधानाध्यापक सन्त कुमार लिम्बूले जानकारी दिनुभएको छ ।

उक्त अक्षय कोषले विद्यालयको शैक्षिक उन्नतिमा ठुलो टेवा पुर्याउने प्रधानाध्यापक लिम्बूको भनाई छ । साथै अक्षय कोष स्थापनाका लागी उनले समाजसेवी गंगामाया नाल्बो चोङ्बाङक्याक लाई धन्यबाद प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति : 8:55 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले