मंगलबार एकैदिन ६ हजार बढीे दर्शनार्थी पुगे पाथीभरा मन्दिर




रेडियो काबेली
ताप्लेजुङ । नवरात्रको समय सुनसान जस्तै बनेको पाथीभरा मन्दिरको दर्शन गर्न दर्शनार्थीको घुँईचो लाग्न थालेको छ । गत असोज १० गतेदेखी आएको अविरल वर्षापछिको बाढी र पहिरोले मेचिराजमार्ग र तमोर करिडोर अवरुद्ध हुँदा पाथीभराको दर्शन गर्ने मुख्य सिजनमा मन्दिर सुनसान बनेको थियो ।
हाल मेचिराजमार्ग र तमोर करिडोर दुबै सञ्चालनमा आएपछि दर्शनार्थीको घुँईचो लाग्न थालेको हो । मंलबार एकैदिन ६ हजार बढीले मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितीले जनाएको छ । समितीका अनुसार मंगलबार ६ हजार ५ सय १२ जनाले मन्दिरको दर्शन गरेका हुन् ।
यस अघि गत शनिबार एकै दिन ५ हजार ९ सय ८३ जनाले मन्दिरको दर्शन गरेका थिए । दर्शनार्थीको संख्या बढेपनि दर्शन गर्ने कुरालाई सहज बनाईएको पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

आफुले मागेको कुरा प्राप्त हुने जनविश्वास रहेकाले पाथीभराको दर्शन गर्न देशका विभिन्न ठाउँ सहित भारत साथै अन्य देशबाट पनि मन्दिरको दर्शन गर्न दर्शनार्थी आउने गर्दछन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८१, मंगलवार २०:२९

वाईसिएल फुङलिङ नगर अध्यक्षमा भुपाल मादेन

रेडियो काबेलीताप्लेजुङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट

फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

योगेश भट्टराईलाई लेलेपमा गरिएको व्यवहार प्रति एमाले ताप्लेजुङको आपत्ति

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेश कुमार

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो

सुरु भयो कञ्चनजङ्घा हीरक महोत्सव

ताप्लेजुङ । ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ सुरु भएको छ । कञ्चनजङ्घा