ताप्लेजुङमा जवरजस्ती करणी उद्योग गर्ने एक व्यक्ति पक्राउ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा जवरजस्ती करणी उद्योग गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । एक १७ वर्षिय नाबालिकालाई जवरजस्ती करणी उद्योग गरेको आरोपमा ३७ बर्षिय अशोक कुरुम्बाङलाई असोज ३० गते प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार कुरुम्बाङले असोज २७ गते बालिकालाई एक्लै भएको बेला जवरजस्ती करणी गरेको आरोप रहेको छ ।

पक्राउ पर्नु भएका कुरुम्बाङ माथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान भई रहेको प्रहरी निरीक्षक बस्नेतको भनाई रहेको छ ।

प्रकाशित मिति : 9:47 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका