साहारा लङ्वा लिम्बू
ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा आज १ हजार ४ सय बढि तीर्थयात्री मन्दिर पुगेका छन् । प्राकृतिक विपदका घटनाले प्रभाव पारेको पाथिभरामा आज १ हजार ४ सय ९५ जना तीर्थयात्री मन्दिर पुगेका हुन् ।
गत असोज दोश्रो साता मुलुक भर गएको बाढीपहिरोले पाथीभरामा आउने दर्शनाथी समेत प्रभावित भएका थिए । दशैंको मुख्य सिजनमा करिब १० हजारको हाराहारीमा दैनिक तीर्थयात्री मन्दिर पुग्ने गरेका थिए ।
तर, बाढी पहिरोले मेची राजमार्गको हेँवाखोलाको बेलिब्रिज सँगसँगै देशैभरका प्रमुख तथा सहायक राजमार्गहरू बगाए पछि पाथीभरा धाम सुनसान बनेको थियो । मनसुन बाहिरिएसँगै राजमार्गहरू समेत सुधार आउन थालेपछी पाथिभरामा दर्शनार्थीको चाप बढ्न थालेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
हिजो करिब ५ सय जनाको हाराहारीमा भक्तजन पाथीभरा आएको समितिले जनाएको छ । यहाँ वार्षिक २ लाख भन्दा बढी तीर्थयात्री आउने गरेका छन् ।
प्रतिक्रिया