ताप्लेजुङमा फूलपाती बढाइँ



रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङका विभिन्न दसैं घरहरुमा बढाइँसहित फूलपाती भित्राइएको छ । नेपाली सेनाको दुर्र्गादल गुल्म, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र शशस्त्र प्रहरी बल नं.१ गुल्म कञ्चनजंघा हेडक्वाटरले संयुक्त रुपमा दसैं घरहरुमा फूलपाती भित्राएका हुन् ।

नेपाली सेनाको दुर्र्गादल गुल्म, जिल्ला प्रशासन कार्यालय र शशस्त्र प्रहरी बल नं.१ गुल्म कञ्चनजंघा हेडक्वाटरले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा रहेको निशान भगवती मन्दिरमा विधिपूर्वक पूजा अर्चना गरी फूलपाती बढाइँ गरेका हुन् ।

बिहान ७ः ३० बजे विधिपूर्वक पूजा आराधना पश्चात् शक्तिपीठहरु र देविकी नाममा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीले सलामी अर्पण गरेसँगै लावालस्कर सहित लगिएको फूलपाती आ–आफ्ना दसैं घरमा भित्र्याएको हो ।

फूलपाती बढाइँमा सुरक्षा निकायका प्रमुखहरु,जनप्रतिनिधि,राजनैतिक दल, संघ संस्था र कार्यालय प्रमुखसँगै नागरिक समाजका प्रतिनिधि र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

प्रकाशित मिति : 8:09 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका