कुम्भकर्ण हिमाल चड्न गएका अमेरिकन नागरिक बेपत्ता



ताप्लेजुङ । ताप्लेजुङको कुम्भकर्ण हिमाल (फक्ताङलुङ) आरोहण गर्न गएका एक अमेरिकी नागरिक बेपत्ता भएका छन् । ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्स्पिडिसन प्रा. लि. ट्रेकिङ एजेन्सी मार्फत आरोहणका लागि गएका अमेरिकाका नागरिक मिखाइल ओरिअन गार्डनर बेपत्ता भएका हुन् । 

बुधबार दिउसो १ : १० बजेको समयमा हिमाल आरोहणको क्रममा हावाको बेगले हानी घुन्साबाट उत्तरपट्टिको स्थानमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । 

उनी असोज ५ गते मङ्गलबार घुन्सा स्थित शेर्पा गेष्ट हाउसमा बास बसी बुधबार कुम्भकर्ण हिमाल तर्फ प्रस्थान गरेका थिए ।मिखाइल ओरिअन गार्डनर बेपत्ता भएको स्थान इलाका प्रहरी कार्यालय घुन्साबाट पैदल हिँड्दा ३ दिन  लाग्ने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 9:19 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले