कुम्भकर्ण हिमाल चड्न गएका अमेरिकन नागरिक बेपत्ता



ताप्लेजुङ । ताप्लेजुङको कुम्भकर्ण हिमाल (फक्ताङलुङ) आरोहण गर्न गएका एक अमेरिकी नागरिक बेपत्ता भएका छन् । ग्राण्ड हिमालय ट्रेक्स एण्ड एक्स्पिडिसन प्रा. लि. ट्रेकिङ एजेन्सी मार्फत आरोहणका लागि गएका अमेरिकाका नागरिक मिखाइल ओरिअन गार्डनर बेपत्ता भएका हुन् । 

बुधबार दिउसो १ : १० बजेको समयमा हिमाल आरोहणको क्रममा हावाको बेगले हानी घुन्साबाट उत्तरपट्टिको स्थानमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । 

उनी असोज ५ गते मङ्गलबार घुन्सा स्थित शेर्पा गेष्ट हाउसमा बास बसी बुधबार कुम्भकर्ण हिमाल तर्फ प्रस्थान गरेका थिए ।मिखाइल ओरिअन गार्डनर बेपत्ता भएको स्थान इलाका प्रहरी कार्यालय घुन्साबाट पैदल हिँड्दा ३ दिन  लाग्ने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 9:19 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका