घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङद्धारा मन्त्री हाङ्गामलाई स्वागत




रेडियो कोबली

ताप्लेजुङ। घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ र घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गामलाई स्वागत गरेको छ । मंगलबार घरेलु तथा साना उद्योग कार्यालयको सभाहलमा मन्त्री हाङ्गामलाई स्वागत सहित दशैं, तिहार र छठ पर्वको शुभकामना एवं स्थानीयको सल्लाह सुझाब सुन्ने कार्यक्रम सम्पन्न भएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका निमित्त प्रमुख युवराज घोर्साईले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारको मन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला ताप्लेजुङ आउनुभएका खगेनसिंह हाङगाम निर्वाचन क्षेत्रका मतदाता अर्थात जनतासँग भेटघाट गर्न व्यस्त हुनुहुन्छ । हाङ्गाम गत भदौ २७ गते कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्री बन्नु भएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका निमित्त प्रमुख घोर्साइ सहित घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारती, नेपाल बैंक लिमिटेडको शाखा प्रवन्धक बसुन्धरा आचार्य लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : 10:01 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन