घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङद्धारा मन्त्री हाङ्गामलाई स्वागत




रेडियो कोबली

ताप्लेजुङ। घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ र घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङले कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गामलाई स्वागत गरेको छ । मंगलबार घरेलु तथा साना उद्योग कार्यालयको सभाहलमा मन्त्री हाङ्गामलाई स्वागत सहित दशैं, तिहार र छठ पर्वको शुभकामना एवं स्थानीयको सल्लाह सुझाब सुन्ने कार्यक्रम सम्पन्न भएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका निमित्त प्रमुख युवराज घोर्साईले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारको मन्त्री बनेपछि पहिलोपटक गृह जिल्ला ताप्लेजुङ आउनुभएका खगेनसिंह हाङगाम निर्वाचन क्षेत्रका मतदाता अर्थात जनतासँग भेटघाट गर्न व्यस्त हुनुहुन्छ । हाङ्गाम गत भदौ २७ गते कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्री बन्नु भएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका निमित्त प्रमुख घोर्साइ सहित घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारती, नेपाल बैंक लिमिटेडको शाखा प्रवन्धक बसुन्धरा आचार्य लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : 10:01 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि