३ करोडको लगानीमा होटल जन्नु ईन सञ्चालनमा आयो



ताप्लेजुङ । ताप्लेजुङको फुङलिङमा आजबाट होटल जन्नु ईन सञ्चालनमा आएको छ । कोरियन प्रविधिबाट निर्मित भुकम्प प्रतिरोधि पूर्वाधारहरु रहेको नयाँ होटल तथा पार्टी प्यालेस फुङलिङ सदरमुकामको मुटु बिरेन्द्रचौक आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

कोशी प्रदेशका पूर्व मन्त्री बलबहादुर साम्सोहाङ, दावाचुङदा शेर्पा, दावाछेतेन शेर्पा र राजन साम्सोहाङले संयुक्त रुपमा होटल सञ्चालनमा ल्याउनु भएको हो । सञ्चालक साम्सोहाङका अनुसार ४ रोपनि जग्गा रहेको क्षेत्रफलमा ३ करोड रुपैयाँ लगानीमार्फत होटल सञ्चालनमा ल्याइएको छ ।

१५ ओटा एट्याज कोठा सहित ३० ओटा कोठा रहेको होटलमा करिब एक सय जना सेवाग्राही अटाउने गरिको संरचना तयार पारिएको उहाँको भनाई छ । यस्तै २ सय जना क्षमता रहेको सभाहल समेत निर्माण गरिएको छ । होटलमा पार्किङका लागि प्रशस्तै खुल्ला स्थानहरु समेत रहेका छन् । पाथीभरा दर्शनका लागि आउने तिर्थयात्रीहरुको सिजन सुरु भएसँगै होटल सञ्चालनमा आएको हो ।

उक्त होटलमा विभिन्न संस्थाका तालिम, गोष्ठि, सभा, सम्मेलन तथा पार्टीका लागि समेत उपयुक्त स्थान हुने सञ्चालकले बिश्वास लिएका छन् । होटल उद्घाटन कार्यक्रममा कोशी प्रदेशका पुर्वमन्त्री तिलकुमार मेन्याङबो, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू९दीपेन०, फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : 7:29 pm

विपद् पश्चात क्षतिग्रत राजमार्गको पुनः निमार्णको लागी उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको ध्यानाकर्षण

सौगात विष्टताप्लेजुङ, कात्तिक १७ गते । उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले

मौसममा केही सुधार : पश्चिमी वायूको प्रभाव कायमै

ताप्लेजुङ, कात्तिक १७ गते । हिजो दिउँसोको तुलनामा मौसममा केही

ताप्लेजुङमा २४४ नयाँ मतदाता नामावली दर्ता

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङमा दुई सय ४४ जनाले

ताप्लेजुङमा चौँरीको आक्रमणबाट विदेशी नागरिक घाइते 

ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङमा चौँरीको आक्रमणबाट एक विदेशी