रेडपाण्डा ट्रेल म्याराथनको विजेता गुरुङलाई फुङ्लिङ ६ को सम्मान



ताप्लेजुङ । प्रथम अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन अन्तर्गत महिलातर्फकी प्रथम कुमारी गुरुङलाई फुङलिङ नगरपालिका वडा नं. ६ ले सम्मान गरेको छ । अन्तर्राष्ट्रिय रेडपाण्डा दिवसको अवसरमा गत असोज ५ गते ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सम्पन्न म्याराथन प्रतियोगिताकी प्रथम गुरुङलाई फुङ्लिङ ६ ले १० हजार नगदसहित सम्मान गरेको हो । 

बुधबार एक कार्यक्रमका बीच  गुरुङलाई नगद सँगै सम्मान गरिएको वडा अध्यक्ष मदन गुरुङ ९तेज ०ले जानकारी दिनुभयो । प्रथम पटक सञ्चालन भएको अन्तर्राष्ट्रिय स्तरको रेडपाण्डा ट्रेल रनको उपाधि जितेर ६ नम्बर वडाकी गुरुङले इतिहास रचेको प्रति खुसी व्यक्त गर्दै वडाध्यक्ष गुरुङले धावक गुरुङको आगामी भविष्य समेत उज्ज्वल रहोस् भनी शुभकामना समेत व्यक्त गर्नुभएको छ।

साथै असोज १२ गते भारतको सिक्किमा  हुन गइरहेको १० किलोमिटर ट्रेल रन प्रतियोगितामा पनि गुरुङले सहभागिता जनाउन लाग्नुभएको छ । यसको लागि पनि वडाले उहाँलाई बिदाई समेत गरेको छ । 

प्रकाशित मिति : 6:19 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले