ताप्लेजुङको सिदिङ्वामा जेसिबी दुर्घटना हुँदा चालक घाईते



ताप्लेजुङ । ताप्लेजुङमा जेसिबी दुर्घटना हुँदा चालक घाईते भएका छन् । सिदिङ्वा गाउँपालिका ५ मा मङ्गलबार जेसिबि दुर्घटना हुँदा सिन्धुलीका २८ वर्षीय चालक कृष्ण बहादुर श्रेष्ठ घाईते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिबेक बस्नेतका अनुसार मङ्गलबार राति करिब ८ बजे फसेको जिप गाडीलाई निकालेर फर्कने क्रममा दुर्घटना भएको हो । भूगोल कम्पनी हाइड्रोपावरको ना. प्र. ०१–००४ क २३९४ नम्बरको जेसिबी सडक देखि करिब ८० मिटर तल खस्दा चालक श्रेष्ठ गम्भिर घाईते भएको प्रहरीको भनाई छ । 

घाईते चालकलाई थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालतर्फ लगिएको हाइड्रोपावरका कर्मचारी केशव भट्टराईले जानकारी दिनुभएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : 6:30 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले