शेर्पा संघ अमेरिकाले डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्दै



ताप्लेजुङ । शेर्पा संघ अमेरिकाले विश्व शेर्पा दिवसको अवसरमा डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्ने भएको छ । हरेक बर्ष अक्टोबर ८ का दिन मनाइने विश्व शेर्पा दिवस अर्थात ग्लोबल शेर्पा डे यस वर्षबाट शेर्पा संघ अमेरिकाले गर्ने भएको हो । सो अवसरमा शेर्पा संघ अमेरिकाले पत्रकार सम्मेलन गरि युवाहरुलाई समेटेर डिजे डान्स पार्टी कार्यक्रम आयोजना गर्ने बारेमा विस्तृत जानकारी दिइएको हो ।
डिजे डान्स पार्टी कार्यक्रम वार्षिक रुपमा आयोजना हुने र सोही कार्यक्रमको उद्घाटन समारोहमा विश्व शेर्पा संघका संस्थापक अध्यक्ष आङ दोर्जी एडी शेर्पाले औपचारिक रुपमा प्रमूख अतिथिको रुपमा सहभागी हुने जानकारी गराएका हुन् ।

त्यस्तै सल्लाहकार आङ दावा शेर्पाले यो डिजे पार्टी युवाहरुमा एक रुपता ल्याउनका लागि महत्त्वपूर्ण कार्यक्रम भएको बताउनुभयो । अर्का सल्लाहकार आङ फुरी शेर्पाले युवाहरुलाई राजनीतिक क्षेत्रमा संगठित गर्नुपर्ने र सबै शेर्पाहरुमा राजनीतिक चेतनाको आवश्यक भएको सल्लाह सुझाव दिनुभएको थियो । र बिश्व शेर्पा संघका वरिस्ठ उपाध्यक्ष ङिमा शेर्पाले हुन लागिरहेको डिजे पार्टी कार्यक्रम एकदमै राम्रो कार्य भएको जिकिर गरेका छन् । बिश्व शेर्पा संघको सेप्टेम्बर ७ तारिखका दिन सम्पन्न बैठकले विश्व शेर्पा संघको पहिलो सम्मेलन भएको दिन अक्टोबर ८ लाई “विश्व शेर्पा दिवस”को रुपमा मनाउँदै आएको र सबै देशको शेर्पा संघ तथा किदुगहरुलाई विश्व शेर्पा दिवस मनाउन अनुरोध गर्दै विश्व शेर्पा दिवस विश्वभर मनाउने निर्णय गरेको महासचिव आङ जङबु शेर्पाले जानकारी दिनुभयो ।
शेर्पाहरुको युवा पिडीलाई डिजेसँग कार्यक्रमसँग जोड्दै शेर्पा संस्कृतिलाई दोस्रो पुस्तालाई हस्तान्तरण गर्न शेर्पा संघ अमेरिकाले डिजे सहित शेर्पा कल्चर देखाउने शेर्पा समन्धित नादिङ गीतहरू र बिच बिचमा शेर्पालाई अवश्यक उपायोगी प्रवचन तथा धार्मिक कुराहरु अङ्रेजी भाषामा दिएर विशुद्ध रुपमा शेर्पा युवालाई लक्षित गरेर यो कार्यक्रम गर्न लागेको र यो कार्यक्रम अत्यन्तै सराहनीय भएको बिश्व शेर्पा संघका महासचिव आङ जाङबु शेर्पाले बताउनुभयो ।

बिश्व शेर्पा अक्टोबर ८ लाई शेर्पा दिवसको रुपमा मनाउन न्युयोर्क सिटिको राज्य स्तरमा पनि अक्टोबर ८ कायम गर्न लाई पहल भईरहेको शेर्पा संघ अमेरिका अध्यक्ष पासङ दोर्जी शेर्पा एपी लामाले जानकारी दिनुभयो साथै ख्यातिप्राप्त नेपालका प्रथम डीजे तेन्जिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथामा सफलता पूर्वक आरोहण सन् २०२४ मे २१ तारिख मंगलबारका दिन,बिहान ४ः४७ बजे आरोहण गर्नु भई शेर्पा संघ अमेरिकाको लोगो अंकित झण्डा फहराउन सफल हुनु भएको थियो ।

कीर्तिमानीको लागि प्रथम डीजे तेन्जिङ शेर्पालाई शेर्पा संघ अमेरिकाको लोगो अंकित झण्डा सगरमाथामा चुचरोमा फरफारउनु भएकोमा बधाईसहित खादा मालाले सम्मान गर्दै शेर्पा संघ अमेरिकाका अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी) लामाले पत्रकार सम्मेलन मार्फत धन्यवाद व्यक्त गरेका छन्। यस डिजे कार्यक्रममा ख्यातिप्राप्त नेपालका प्रथम डीजे तेन्जिङ शेर्पासँगै न्युयोर्कको चिरपरिचित डिजे यल एस जङबु शेर्पाले साथदिने बताएका छन ।

शेर्पा युथ हरुलाई एक ठाउँमा भेला गर्ने खालको कार्यक्रम आवश्यकता भएको मध्य नजर गर्दै अक्टोबर ८ मा डिजे मार्फत मनोरञ्जन सहित डिजे पार्टी कार्यक्रम गर्ने भएको हो शेर्पा संघ अमेरिकाले पहिलो पटक अमेरिकाकै इतिहासमा शेर्पा युवाहरुलार्इ समेटेर यो कार्यक्रम गर्न लागेको र यो कर्यक्रम पारिवारिक वातावरणमा हुने भएकोले सबै राज्यबाट सहभागी भएर सबै अविभावकहरुले आफ्नो बाल बच्चाहरुलाई सहभागी गराएर सहयोग गर्न शेर्पा संघ अमेरिकाले अनुरोध गरेका छन ।

प्रकाशित मिति : 4:02 pm

फुङलिङमा सुर्तिजन्य पदार्थ र मदिराका विज्ञापन बोर्ड हटाइँदै

ताप्लेजुङ, जेठ १८ गते । ताप्लेजुङ सदरमुकाम फुङलिङमा सुर्तिजन्य पदार्थ

दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथनको उपाधि राईलाई

ताप्लेजुङ, जेठ १८ गते । दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको

रास्वपा ताप्लेजुङको संगठन विस्तार तीव्र, फुङलिङ नगर सभापतिमा युवराज बराल

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालले आसन्न महाधिवेशनलाई लक्षित

शान्ति सुरक्षा थप सुदृढ बनाइने डिएसपी जोशीको भनाई

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख (डिएसपी)

ताप्लेजुङमा गरियो नमुना विपद् अभ्यास प्रदर्शन

ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा नमुना विपद् अभ्यास प्रदर्शन