ताप्लेजुङ । योङ कम्युनिष्ट लिग (वाईसीएल) फक्ताङ्लुङ गाउँपालिका कमिटीले फक्ताङ्लुङ गाउँपालिका सरसफाइ गरेको छ । गत साउन ४ गते पालिकाको माथिबाट आएको पहिरो सहितको लेदो गाउँपालिका पस्दा केही दिन सेवा समेत प्रभावित भएको थियो ।
पालिकाको सभा हलमा पसेको लेदो पन्साउन ३/४ लाख रुपैयाँ खर्च हुनेमा वाईसीएल फक्याङ्लुङ् कमिटीले संवत् स्फूर्त रुपमा श्रमदानमा जुटेर सरसफाइ गरेको पालिका अध्यक्ष राजन लिम्बू (मुक्ती) ले जानकारी दिनुभयो ।
सरसफाइ कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं ताप्लेजुङ जिल्ला इन्चार्ज खेल प्रसाद बूढाक्षेत्री (पराग), पालिका अध्यक्ष लिम्बू सहित वाईसीएलका पदाधिकारीहरूको सहभागीता रहेको थियो ।
प्रतिक्रिया